5 years ago
November 25, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) मा आगमी सिजनको लागि ६ फ्रेन्चाइज टोलीले फुकुवा गर्ने खेलाडीको नाम सार्वजनिक गरेका छन् ।
सोमबार सहभागी ६ फ्रेन्चाइज टोलीले नै समान ३-३ खेलाडी फुकुवा गरेका हुन् । गत वर्षको विजेता पोखरा पल्टनले लेगस्पिनर विक्रम भुषाल, अलराउन्डर दिपेश खत्री र तीव्र गतिका बलर दिव्यांशु मलिकलाई फुकुवा गरेको जनाएको छ । विक्रमले गत वर्ष ६ खेलमा ६ विकेट लिएका थिए ।
त्यस्तै गत वर्ष उपविजेता बनेको चितवन राइनोजले अनुभवी स्पिनर शक्ति गौचन, विनोद लामा र स्वप्नील अधिकारीलाई फुकुवा गरेको छ । पारस खड्काको कप्तानीमा रहेको चितवनका लागि शक्तिले गत सिजन ७ खेलमा ३ विकेट लिएका थिए । शक्तिले गत बर्ष एभरेष्ट प्रिमियर लिगदेखी घरेलु क्रिकेटबाट विश्राम लिइसकेका छन् ।
बुटवल ब्लास्टर्सले राष्ट्रिय टोलीबाट खेलिसकेका अलराउन्डर सागर पुन, स्पिनर अनिल खरेल र विकेटकिपर प्रकाश केसीलाई फुकुवा गरेको छ । सागर गत पुषमा ईपीएल चोट बोकेदेखि मैदानबाहिर छन् । खुट्टाको चोटका कारण शल्यक्रिया गरेका उनी मैदान बाहिर रहेका छन् । सागरले गत वर्षको पीपीएलमा ५ खेलमा ३ विकेट लिनुको साथै ७९ रन जोडेका थिए ।
विराटनगर टाइटन्सले हिमांशु दत्त, ओपनर जितेन्द्रसिंह ठकुरी र विकेटकिपर रविन जोशीलाई फुकुवा गरेको जनाएको छ । त्यस्तै दीपेन्द्र सिंह ऐरी कप्तान रहेको एक्सपर्ट धनगढी ब्लुजबाट विकेटकीपर दिलिप नाथ, अलराउन्डर योगेन्द्र सिंह कार्की र सन्तोष भट्ट फुकुवा भएका छन् । गत वर्ष दिलिपले ५ खेलमा ३२ रन मात्र जोडेका थिए । योगेन्द्र सिंह कार्कीले २ खेलमा २३ रन बनाउनुको साथै १ विकेट लिएका थिए ।
ज्ञानेन्द्र मल्ल कप्तान रहेको काठमाडौं गोल्डेन वारियर्सबाट ओपनर नरेश बुढाएर, सुधिर चौधरी र तीव्र गतिका बलर सुमित झा फुकुवामा परेका छन् । टोलीले गतवर्ष काठमाडौं रोयल्स नाम रहेकोमा यस सिजन नाम परिवर्तन गरेको हो । दोस्रो संस्करणको पीपीएल मंसिर २८ देखी पुष १२ सम्म पोखरा रंगशालामा हुने छ ।
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]
February 26, 2025
एजेन्सी – इब्राहिम जाद्रानको कीर्तिमानी शतक सहयोगमा अफगानिस्तानले इङ्ग्ल्याण्डलाई बलियो लक्ष्य दिएको छ । जारी खेलमा अफगानिस्तानले इङ्ग्ल्याण्डलाई ३ सय २६ रनको बलियो लक्ष्य दिएको हो । पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय २५ रनको बलियो योगफल तयार गर्यो । अफगानिस्तानका […]