5 years ago
November 25, 2019
एजेन्सी – इंग्ल्यान्डसँगको पहिलो टेष्टमा घरेलु टोली न्युजिल्यान्ड इनिङ्स अन्तरले विजयी भएको छ । इंग्ल्यान्ड दोस्रो इनिङमा ९६.२ ओभरमा १ सय ९७ रनमा अल आउट भएपछि न्युजिल्यान्ड ६५ रनको इनिङ्स अन्तरले विजयी भएको हो ।
इंग्ल्यान्डका जो डेनली ३५, रोरी बर्न्स ३१, कप्तान जो रुट ११, बेन स्टोक्स २८, जोफ्रा आर्चर ३० रनमा आउट हुँदा साम करन २९ रनमा अविजित रहे । न्युजिल्यान्डका निल वाग्ररले १९.२ ओभरभा ६ मेडन सहित ४४ रन खर्चेर ५ विकेट लिए । मिचेल सान्टनारले ३, कोलिन डी ग्रान्डहोम र टिम साउथीले १-१ विकेट लिए ।
त्यसअघि न्युजिल्यान्डले २ सय १ ओभरमा ६१५-९ को अवस्थामा पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो । न्युजिल्यान्डका विकेटकिपर बिजे वाटलिङले २ सय ५ रनको दोहोरो शतकीय इनिङ खेल्दै कीर्तिमान रचेका थिए । प्लेयर अफ द म्याच चुनिएका वाटलिङ न्युजिल्यान्डबाट टेष्टमा विकेटकीपरको रुपमा दोहोरो शतक पुरा पहिलो ब्याट्सम्यान हुन् । वाटलिङले ४ सय ७३ बलमा २४ चौका र १ छक्का प्रहार गरे ।
त्यस्तै आठौं नम्बरमा ब्याटिङ गर्न आएका स्पिनर मिचेल सान्टानरले करिअरकै पहिलो टेष्ट शतक प्रहार गर्दै १ सय २६ रन जोडेका थिए । साम करनले ओल्ली पोपबाट क्याच आउट गराउनुअघि सान्टनारले २ सय ६९ बलमा ११ चौका र ५ छक्का प्रहार गरे । सातौं विकेटका लागि वाटलिङ र सान्टनारले २ सय ६१ रनको साझेदारी गर्दै विशाल योगफल सम्म पुर्याए । कोलिन डी ग्रान्डहोम ६५, ओपनर जित रावल १९, टम लाथम ८, कप्तान केन विलियम्सनलाई ५१, रोश टेलर २५ र हेनरी निकोल ४१ रनमा आउट भएका थिए ।
इंग्ल्यान्डका युवा खेलाडी साम करनले ३, ज्याक लेच र बेन स्टोक्सले समान २ विकेट लिए । पहिलो इनिङमा इंग्ल्यान्ड १ सय २४ ओभरमा ३ सय ५३ रनमा अल आउट भएको थियो । अलराउन्डर बेन स्टोक्सले सर्वाधिक ९१ रनको योगदान दिएका थिए ।
डेनली ७४, रोरी बर्न्स ५२, ओल्ली पोप २९, विकेटकीपर जस बटलर ४३, साम करन शून्य र जोफ्रा आर्चर ४ रनमा आउट भए । न्युजिल्यान्डका टिम साउथीले ४, निल वाग्रर ३, कोलिन डी ग्राण्डहोम २ र ट्रेन्ट बोल्टले १ विकेट लिए । दोस्रो टेष्ट शुक्रबार देखी सुरु हुने छ ।
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]
February 26, 2025
एजेन्सी – इब्राहिम जाद्रानको कीर्तिमानी शतक सहयोगमा अफगानिस्तानले इङ्ग्ल्याण्डलाई बलियो लक्ष्य दिएको छ । जारी खेलमा अफगानिस्तानले इङ्ग्ल्याण्डलाई ३ सय २६ रनको बलियो लक्ष्य दिएको हो । पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय २५ रनको बलियो योगफल तयार गर्यो । अफगानिस्तानका […]