5 years ago
November 24, 2019
एजेन्सी – भारतले बंगलादेशसँगको दोस्रो डे नाइट टेष्टमा कीर्तिमानी जित हात पारेको छ । आइतबार बंगलादेशलाई ४६ रनको इनिङ अन्तरले पराजित गर्दै भारतले कीर्तिमान रचेको हो ।
यससँगै भारतले लगातार चार खेलमा इनिङ अन्तरले विजयी हुने भारत पहिलो टेष्ट टोली बनेको छ । यस अघि पहिलो टेष्टमा भारतले बंगलादेशलाई १ सय ३० रनको इनिङ अन्तरले हराएको थियो । गत अक्टोबरमा दक्षिण अफ्रिकालाई तीन टेष्ट अन्तर्गत दोस्रो खेलमा १ सय ३७ र तेस्रो तथा अन्तिम खेलमा २ सय २ रनको इनिङ अन्तरले हराएको थियो ।
दोस्रो इनिङ बंगलादेश ४१.१ ओभरमा १ सय ९५ रनमा अल आउट भयो । उसका अनुभबी खेलाडी मुश्फिकुर रहीमले ९६ बलमा १३ चौका सहित ७४ रनको योगदान दिए ।
महमुदुल्लाह ३९ रनमा रिटायर्ट हर्ट भए । ओपनर शदम्यान इस्लाम शून्य, इमरुल कायस ५, कप्तान मोमीनुल हक डक, विकेट कीपर मोहम्मद मिथुन ६, मेहदी हसन १५ र ताइजुल इस्लाम ११ रनमा आउट भई सकेका छन् । भारतका लागि तीब्र गतिका बलर उमेश यादवले ५ र इशान्त शर्माले ४ विकेट लिए ।
त्यसअघि ८९.४ ओभरमा भारतले ३४७–९ को अवस्थामा पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो । कप्तान विराट कोहलीले १ सय ३६ रनको शतकीय इनिङ खेले । कोहलीले १ सय ९४ बलमा १८ चौका प्रहार गरे । कोहलीको यो टेष्ट करिअरको २७ औं शतक हो ।
ओपनर रोहित शर्मा २१, मंयक अग्रवाल १४, चेतेश्वर पुजारा ५५, अजिंक्या रहाणे ५१, रविन्द्र जडेजा १२, रिद्धीमान शाह १७, रविचन्द्रन आश्विन ९ र मोहम्मद शामीले १० रन जोडे । बंगलादेशका एबादत हुसैन र अल अमीन हुसैनले समान ३ विकेट लिए । आबु जायद २ र ताइजुल इस्लामले १ विकेट लिए ।
पहिलो इनिङमा बंगलादेश ३०.३ ओभरमा १ सय ६ रनमा अल आउट भएको थियो। बंगलादेशका ओपनर शदम्यान इस्लामले ५२ बलमा ५ चौका सहित सर्वाधिक २९ रन जोडे । महमुदुल्लाह ६, लिटन दास २४ र नइम हसन १९ , इमरुल कायस ४, मोमीनुल हक, मोहम्मद मिथुन र मुश्फिकुर रहिम शून्यमा आउट भए । भारतका इशान्त शर्माले १२ ओभरमा ४ मेडन सहित २२ रन खर्चेर ५ विकेट लिएका थिए । उमेश यादव ३ र मोहम्मद शामीले २ विकेट लिए । योसँगै दुई टेष्ट भारतले २-० ले जितेको छ । इशान्त शर्मा प्लेयर अफ द म्याच र प्लेयर अफ द सिरिज चुनिए ।
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]
February 26, 2025
एजेन्सी – इब्राहिम जाद्रानको कीर्तिमानी शतक सहयोगमा अफगानिस्तानले इङ्ग्ल्याण्डलाई बलियो लक्ष्य दिएको छ । जारी खेलमा अफगानिस्तानले इङ्ग्ल्याण्डलाई ३ सय २६ रनको बलियो लक्ष्य दिएको हो । पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय २५ रनको बलियो योगफल तयार गर्यो । अफगानिस्तानका […]