5 years ago
November 23, 2019
एजेन्सी – पछिल्लो समय निकै लयमा रहेका विकेटकीपर बिजे वाटलिङको शतकसँगै घरेलु टोली न्युजिल्यान्डले इंग्ल्यान्डविरुद्ध अग्रता लिएको छ ।
तेस्रो दिनको खेल सकिदा न्युजिल्यान्डले पहिलो इनिङमा ४१ रनको अग्रता लिदै इंग्ल्यान्डलाई दबाबमा राखेको छ। न्युजिल्यान्ड १ सय ४१ ओभरमा ३९४-६ को अवस्थामा छ । उसका विकेटकीपर बिजे वाटलिङ २ सय ९८ बलमा १५ चौका सहित १ सय १९ बलमा अविजित छन् । बिजेको टेष्ट करिअरमा यो ८ औं शतक हो । मिचेल सान्टनारले ३१ रनमा अविजित छन्
अलराउन्डर कोलिन डी गा्रन्डहोम ६५ रनमा क्याच आउट भए । ग्रान्डहोमलाई बेन स्टोक्सले डोमिनिक सिब्लीबाट क्याच आउट गराउनुअघि १ सय ८ बलमा ७ चौका र १ छक्का प्रहार गरे । खराब सुरुवात गरेको न्युजिल्यान्डलाई बिजे र कोलिन डी ग्रान्डहोमले छैटौं विकेटका लागि १ सय १९ रनको शतकीय साझेदारी गर्दै बलियो अवस्थामा पुर्याएका थिए । ओपनर जित रावल १९, टम लाथम ८, कप्तान केन विलियम्सनलाई ५१, रोश टेलर २५ र हेनरी निकोल ४१ रनमा आउट भए । इंग्ल्यान्डका साम करन र बेन स्टोक्सले समान २ विकेट लिएका छन् । त्यस्तै ज्याक लेच र कप्तान जो रुटले १-१ विकेट लिएका छन् ।
पहिलो इनिङमा इंग्ल्यान्ड १ सय २४ ओभरमा ३ सय ५३ रनमा अल आउट भएको थियो । अलराउन्डर बेन स्टोक्स ९ रनले शतक बनाउन चुके । १ सय १ औं ओभरको पहिलो बलमा टिम साउथीले रोश टेलरबाट ९१ रनमा क्याच आउट गराएपछि शतक बनाउन चुकेका हुन् । स्टोक्सले १ सय ४६ बलमा १२ चौका प्रहार गरे । ज्याक लेच १८ रनमा नट आउट रहे । डेनली १ सय ८१ बलमा ८ चौका र १ छक्का सहित ७४ र रोरी बर्न्स १ सय ३८ बलमा ६ चौका सहित ५२ रनमा आउट भए । ओल्ली पोप २९, विकेटकीपर जस बटलर ४३, साम करन शून्य र जोफ्रा आर्चर ४ रनमा आउट भए ।
न्युजिल्यान्डका टिम साउथीले ३२ ओभरमा ७ मेडन सहित ८८ रन खर्चेर ४ विकेट लिए । निल वाग्रर ३, कोलिन डी ग्राण्डहोम २ र ट्रन्ट बोल्टले १ विकेट लिए ।
February 26, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा अफगानिस्तानले इङ्ग्ल्याण्डविरुद्ध टस जितेको छ । पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर अफगानिस्तानका कप्तान हशमतुल्लाह शाहिदीले टस जितेर ब्याटिङ रोजेका हुन् । पहिलो खेलमा पराजित दुवै टोलीलाई प्रतियोगिताको सेमिफाइनल सम्भावना कायम राख्न जित्नै पर्ने दबाब छ । यो खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ । अफगानिस्तान पहिलो […]
February 26, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा सुरक्षित रहन जित्नै पर्ने खेलमा अफगानिस्तान र इङ्ग्ल्याण्ड आज एकअर्कासँग खेल्दैछन् । पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। पहिलो खेलमा पराजित दुवै टोलीलाई प्रतियोगिताको सेमिफाइनल सम्भावना कायम राख्न जित्नै पर्ने दबाब छ । यो खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]