5 years ago
November 23, 2019
एजेन्सी – पाकिस्तानसँगको पहिलो टेष्टमा घरेलु टोली अष्ट्रेलियाले विशाल अग्रता लिएको छ । तेस्रो दिनको खेल सकिंदा अष्ट्रेलियाले २ सय ७६ रनको अग्रता कायम गरेको छ ।
दोस्रो इनिङ थालेको पाकिस्तान १७ ओभरमा ६४-३ को कमजोर अवस्थामा छ । बाबर आजम २० र ओपनर शन मसुद २७ रनमा अविजित छन् । कप्तान अजहर अलीलाई ५ र हरिस सोहेललाई मिचेल स्टार्कले ८ रनमा पेभिलिएन फर्काए । असाद शफिकलाई प्याट कमिन्सले शून्यमा स्टिभ स्मिथबाट क्याच आउट गराए ।
अष्ट्रेलिया पहिलो इनिङमा १५७.४ ओभरमा ५ सय ८० रनमा अल आउट भयो । उसका मार्नस लाबुसेनले २ सय ७९ बलमा २० चौका सहित सर्वाधिक १ सय ८५ रनको योगदान दिए । उनको यो टेष्ट करिअरको पहिलो शतक समेत हो । मार्नसलाई शाहिन अफ्रिदीले बाबर आजमबाट क्याच आउट गराए । त्यस्तै ओपनर डेविड वार्नरले १ सय ५४ रनको योगदान दिए । वार्नरलाई १६ वर्षिय युवा खेलाडी नसीम शाहले मोहम्मद रिजवानबाट क्याच आउट गराएका थिए । नसीमको टेष्ट करियरको पहिलो विकेट हो । वार्नरको यो टेष्ट करिअरमा २२ औं शतक पर्दछ ।
वार्नरले २ सय ९६ बलमा १० चौका प्रहार गरे । जो बर्न्स ९७, स्टिभ स्मिथ ४, मेथ्यू वेड ६०, ट्रविस हेड २४ रनको योगदान दिए । पाकिस्तानका स्पिनर यासिर शाहले ४, शाहिन अफ्रिदी र हरिस सोहेलले समान २ विकेट लिए । नसीम शाह र इमरान खानको नाममा १-१ विकेट रह्यो ।
त्यसअघि पहिलो इनिङमा पाकिस्तान ८६.२ ओभरमा २ सय ४० रनमा अल आउट भएको थियो । पाकिस्तानका असाद शफीकले सर्वाधिक ७६ रनको योगदान दिए । ओपनर शन मसुद २७, कप्तान अजहर अली ३९, मोहमम्मद रिजवान ३७, यासिर शाह २६, हरिस सोहेल र बाबर आजम १–१ रनमा आउट भए । तीब्र गतिका मिचेल स्टार्कले ४ र प्याट कमिन्सले ३ विकेट लिए । जोश हेजलवुडले २ र नाथन लायनले १ विकेट लिएका थिए ।
February 26, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा अफगानिस्तानले इङ्ग्ल्याण्डविरुद्ध टस जितेको छ । पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर अफगानिस्तानका कप्तान हशमतुल्लाह शाहिदीले टस जितेर ब्याटिङ रोजेका हुन् । पहिलो खेलमा पराजित दुवै टोलीलाई प्रतियोगिताको सेमिफाइनल सम्भावना कायम राख्न जित्नै पर्ने दबाब छ । यो खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ । अफगानिस्तान पहिलो […]
February 26, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा सुरक्षित रहन जित्नै पर्ने खेलमा अफगानिस्तान र इङ्ग्ल्याण्ड आज एकअर्कासँग खेल्दैछन् । पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। पहिलो खेलमा पराजित दुवै टोलीलाई प्रतियोगिताको सेमिफाइनल सम्भावना कायम राख्न जित्नै पर्ने दबाब छ । यो खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]