5 years ago
November 23, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला टि ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।
साग महिला क्रिकेट टोलीमा दुई टेष्ट र दुई एसोसियट गरि ४ टोलीको मात्रै सहभागिता रहने छ । टेष्ट टोली श्रीलंका र बंगलादेश तथा नेपाल र माल्दिभ्सको महिला टोलीको सहभागिता रहने छ । खेल लिग चरणमा हुने छ । यस अघि समुहमा विभाजन गरेपनि भारत र पाकिस्तानले सहभागिता नलिने भएपछि चार टोलीलाई लिगमा प्रतिस्पर्धा गराउन लागिएको हो ।
पोखरा रंगशालामा हुने खेलमा नेपाली महिला टोलीले पहिलो खेल माल्दिभ्ससँग मंसिर १६ मा खेल्ने छ । नेपालले बंगलादेशसँग मंसिर १८ मा खेल्ने छ । मंसिर २० मा श्रीलंकासँग खेल्ने छ । तेस्रो र चौथो स्थानमा रहने टोलीले कास्य पदकको लागि मंसिर २१ मा प्रतिस्पर्धा गर्ने छन् । लिग चरण पछि शीर्ष दुई टोली मंसिर २२ मा स्वर्ण पदकको लागि प्रतिस्पर्धा गर्ने छन् ।
मंसिर १८ मा मात्रै दुई खेल हुने छ । जुन दिन खेल विहान ९ र दिउँसो १ बजेपछि सुरुहुने छ । अन्य सबै खेल दिनमा एउटा मात्रै हुने छ । जुन खेल ११ बजेपछि सुरु हुने छन् ।
February 26, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा अफगानिस्तानले इङ्ग्ल्याण्डविरुद्ध टस जितेको छ । पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर अफगानिस्तानका कप्तान हशमतुल्लाह शाहिदीले टस जितेर ब्याटिङ रोजेका हुन् । पहिलो खेलमा पराजित दुवै टोलीलाई प्रतियोगिताको सेमिफाइनल सम्भावना कायम राख्न जित्नै पर्ने दबाब छ । यो खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ । अफगानिस्तान पहिलो […]
February 26, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा सुरक्षित रहन जित्नै पर्ने खेलमा अफगानिस्तान र इङ्ग्ल्याण्ड आज एकअर्कासँग खेल्दैछन् । पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। पहिलो खेलमा पराजित दुवै टोलीलाई प्रतियोगिताको सेमिफाइनल सम्भावना कायम राख्न जित्नै पर्ने दबाब छ । यो खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]