5 years ago
November 22, 2019
एजेन्सी – ओपनर डेविड वार्नरको उत्कृष्ट शतकसँगै पाकिस्तानसँगको पहिलो टेष्टमा अष्ट्रेलियाले ७२ रनको अग्रता लिएको छ । शुक्रबार दोस्रो दिनको खल सकिंदा अष्ट्रेलिया ८७ ओभरमा ३१२-१ को बलियो अवस्थामा छ ।
ओपनर डेविड वार्नर २ सय ६५ बलमा १० चौका सहित १ सय ५१ रनमा अविजित छन् । वार्नरको यो टेष्ट करिअरको २२ औं शतक हो । त्यस्तै अर्का ओपनर जो बर्न्स ९७ रनमा आउट हुन पुगे । अनुभवी स्पिनर यासिर शाहले ६१ ओभरको पाँचौ बलमा बोल्ड आउट गरेपछि बर्न्स आफ्नो टेष्ट करिअरको पाँचौ शतक पूरा गर्नबाट ३ रनले चुकेका थिए ।
पहिलो विकेटका लागि डेविड वार्नर र जो बर्न्सले ६०.५ ओ ओभरमा २ सय २२ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । बर्न्सले १ सय ६६ बलमा १० चौका प्रहार गरे । मार्नस लाबुसेन ९४ बलमा ६ चौका सहित ५५ रनमा अविजित छन् । अष्ट्रेलियाका ब्याट्सम्यान सामु पाकिस्तानका बलर निरीह देखिएका छन् । यसै टेष्टबाट डेब्यू गरेका तीब्र गतिका १६ वर्षिय नसीम शाहले १६ ओभरमा ६५ रन खर्चिए ।
त्यसअघि बिहीबार पाकिस्तान पहिलो इनिङमा ८६.२ ओभरमा २ सय ४० रनमा अल आउट भएको थियो । पाकिस्तानका असाद शफीकले १ सय ३४ बलमा ७ चौका सहित सर्वाधिक ७६ रनको योगदान दिए । शफिकलाई प्याट कमिन्सले ८२ औं ओभरको चौथो बलमा बोल्ड आउट गरेका थिए । ओपनर शन मसुद २७, कप्तान अजहर अली ३९, हरिस सोहेल र बाबर आजम १–१ रनमा आउट भए ।
तल्लोक्रममा विकेटकीपर मोहमम्मद रिजवान ३७ र यासिर शाह २६ रनमा आउट भए । तीब्र गतिका मिचेल स्टार्कले ४ र प्याट कमिन्सले ३ विकेट लिए । जोश हेजलवुडले २ र नाथन लायनले १ विकेट लिएका थिए ।
February 26, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा अफगानिस्तानले इङ्ग्ल्याण्डविरुद्ध टस जितेको छ । पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर अफगानिस्तानका कप्तान हशमतुल्लाह शाहिदीले टस जितेर ब्याटिङ रोजेका हुन् । पहिलो खेलमा पराजित दुवै टोलीलाई प्रतियोगिताको सेमिफाइनल सम्भावना कायम राख्न जित्नै पर्ने दबाब छ । यो खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ । अफगानिस्तान पहिलो […]
February 26, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा सुरक्षित रहन जित्नै पर्ने खेलमा अफगानिस्तान र इङ्ग्ल्याण्ड आज एकअर्कासँग खेल्दैछन् । पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। पहिलो खेलमा पराजित दुवै टोलीलाई प्रतियोगिताको सेमिफाइनल सम्भावना कायम राख्न जित्नै पर्ने दबाब छ । यो खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]