5 years ago
November 20, 2019
एजेन्सी – टि टेन लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित कर्नाटक टस्कर्रस र मराठा अरेबियनसको खेल वर्षाले रद्द भएको छ । मराठाले पहिलो इनिङमा १ सय ३० रनको विशाल लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ थालेको मराठाले १० ओभरमा ४ विकेट गुमाउँदै १ सय २९ रन बनायो ।
उसका कप्तान क्रिस लिनले ३१ बलमा २ चौका र ६ छक्का सहित ६१ रनमा रन आउट भए । सन्दीपले २ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । अहमद राजा र नाथन रिमिंगटनले १-१ विकेट लिए।
पाँचौ ओभरको पहिलो बलमै सन्दीपलाई एडम लिथ छक्का प्रहार गरे । दोस्रो बल डट र तेस्रोमा मिड विकेटमा छक्का प्रहार गरे । चौथौमा १, पाँचौमा क्रिस लिनलाई १ र अन्तिमा डट राखे । आठौं ओभरको पहिलो बलमा लिनले १ रन दिए ।
दोस्रो बलमा सन्दीपले एडमलाई ५० रनमा क्याच आउट गराए । एडमले २० बलमा ३ चौका र ५ छक्का प्रहार गरे । तेस्रो लिन र चौथोमा नजिवउल्लाह जद्रानले १-१ रन लिए । पाँचौ बलमा क्रिस लिनने लङ लनमा छक्का प्रहार गरे । अन्तिम बलमा १ रन दिए ।
वर्षाका कारण दोस्रो इनिङ सुरु हुन नसक्दा दुवै टोलीले अंक बाँडेका छन् ।
February 26, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा सुरक्षित रहन जित्नै पर्ने खेलमा अफगानिस्तान र इङ्ग्ल्याण्ड आज एकअर्कासँग खेल्दैछन् । पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। पहिलो खेलमा पराजित दुवै टोलीलाई प्रतियोगिताको सेमिफाइनल सम्भावना कायम राख्न जित्नै पर्ने दबाब छ । यो खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]