5 years ago
November 18, 2019
एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछानेको खराब प्रर्दशन गरेसँगै टि टेन लिगमा कर्नाटक टस्कर्स डेक्सन ग्लेडियटर्ससँग ५ विकेटले पराजित भएको छ ।
१ सय ११ रनको विजयी लक्ष्य पछ्याएको डेक्सनले ८.३ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । डेक्सनको जितमा काइरान पोलार्ड २२ बलमा १ चौका र ४ छक्का सहित ४५ रनमा अविजित रहे । त्यस्तै मोहम्मद शहजाद १३ र भानुका राजपक्षेरले २७ रन जोडे । भानुकाले ७ बलमा ३ छक्का र २ चौका प्रहार गरे ।
सन्दीपले २ ओभरमा ३५ रन खर्चिदा विकेट लिन सकेनन् । प्राट्रिक ब्राउन, मलिन्डा पुष्पकुमारा र महमद राजाले १- १ विकेट लिए । शपुर जद्र्रानले २ विकेट लिए ।
सन्दीपले चौथो ओभरको पहिलो बलमा काइरान पोलार्डलाई २, दोस्रो बलमा डट र तेस्रो बलमा १ रन दिए । चौथो बलमा एज्टोन डेभिसिच र पाँचौ बलमा पोलार्डलाई १–१ रन दिए । अन्तिम बल डट राखेका थिए ।
छैटौं ओभरमा सन्दीपले ३० रन खर्चिए । पोलार्डले सन्दीपलाई सुरुवाती चार बलमा लगातार छक्का प्रहार गरे । पोलार्ड यतिकैमा रोकिएनन् । पाँचौ बलमा चौका र अन्तिम बलमा २ रन जोडेपछि सन्दीप महँगो सावित भएका हुन् ।
त्यसअघि टस हारेर ब्याटिङ थालेका कर्नाटकले १० ओभरमा ३ विकेट गुमाउदै १ सय १० रन बनाएको थियो । उसका ओपनर जोसन चाल्र्स ३५, इभिन लुइस २३ र रोश व्हाइटली १३ रन जोडे । कप्तान हसिम अमला १९ बलमा ४ चौका सहित ३२ रनमा अविजित रहे । उसका जाहिर खान, फवाद अहमद, मिगेल प्रिटोरियसले १– १ विकेट लिए ।
February 26, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा सुरक्षित रहन जित्नै पर्ने खेलमा अफगानिस्तान र इङ्ग्ल्याण्ड आज एकअर्कासँग खेल्दैछन् । पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। पहिलो खेलमा पराजित दुवै टोलीलाई प्रतियोगिताको सेमिफाइनल सम्भावना कायम राख्न जित्नै पर्ने दबाब छ । यो खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]