default_image

5 years ago

November 18, 2019

बंगलादेशविरुद्ध हारेपनि सेमिफाइनल पुग्ने समिकरण

115 views

0 Bookmark

ढाका (हाम्रो खेलकुद) – नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपमा आज उपाधिको बलियो दाबेदार घरेलु टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ । खेल नेपाली समय अनुसार विहान ८:४५ देखि सुरु हुने छ ।

भारतसँग ७ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा हङकङलाई ४० रनले हराउँदै अघिल्लो चरणको आशा कायमै राखेको थियो । नेपाल आजको खेलमा अनुकुल नतिजा निकाले अन्तिम चारमा प्रवेश गर्नेछ । भारत र नेपालबीच रनरेटको अन्तरले निर्णायक भूमिका खेल्ने प्रबल सम्भावना छ । नेपालले बंगलादेशसँग हार बेहोरेर हङकङले अप्रत्याशित नतिजा निकाल्दा पनि नेपाल अगाडि बढ्ने सम्भावना रहन्छ । नेपालले जित हासिल गरेको अवस्थामा भारतले पनि जित हात पारे तीन देशको रनरेट हिसाब हुनेछ ।

बंगलादेश सेमिफाइनल नजिक छ । पहिलो खेलमा हङकङलाई ९ विकेटले हराएको बंगलादेशले दोस्रो खेलमा भारतलाई ६ विकेटले पराजित गरेको थियो । यद्यपि बंगलादेशको सेमिफाइनलमा स्थान पक्का भने भइसकेको छैन ।

बंगलादेशको टोलीमा सिनियर टोलीका ६ खेलेका खेलाडी रहेका छन् । घरेलु मैदानमै उपाधि रक्षा गर्ने लक्ष्यका साथ बंगलादेशले ६ सिनियर खेलाडीलाई समेट्दै टोली घोषणा गरेको थियो । ६ मध्य ५ सिनियर खेलाडी एक हप्ता अघि भारतसँगको तीन टि ट्वान्टी सिरिज खेलेका छन् ।

बंगलादेशको सिनियर टोलीबाट खेलेका नाजमुल शान्टो, सौम्य सरकार, अबू हैदर रोनी, अफिफ हुसैन, अनीमुल इस्लाम र मोहम्मद नइम रहेका छन् । पछिल्लो भारतसँगको तीन टि ट्वान्टी सिरिजमा शान्टो बाहेक अन्य पाँच जना थिए ।

सौम्य सरकार बंगलादेशका महत्वपूर्ण अलराउन्डर हुन् । उनले इमर्जिङ एसिया कपमा पनि सानादार प्रर्दशन गरेका छन् । उनले हङकङसँग ८४ रनको अविजित इनिङ खेलेका थिए । त्यस्तै भारतलाई हराउन महत्वपूर्ण अलराउन्डर प्रर्दशन गरेका सरकारले ७३ रन जोड्नुको साथै २ विकेट लिएका थिए । कप्तान शान्टोले हङकङविरुद्ध २२ र भारतविरद्ध ९४ रन जोडेका थिए ।

भारतसँगको तीन टि ट्वान्टी सिरिजमा उत्कृष्ट प्रर्दशन गरेका बायाँ हाते ओपनर मोहम्मद नइम पनि उसका प्रमुख खेलाडी हुन् । भारतसँगको तेस्रो टी ट्वान्टी खेलमा नइमले ८१ रन जोड्दै सनसनी मच्चाएका थिए । उनले हङकङसँग ५२ र भारतसँग १४ रन जोडेका थिए ।

यता मध्यगतिका बलर सुमन खान नेपाली ब्याट्सम्यानलाई घातक बन्न सक्ने बलर हुन् । उत्कृष्ट लयमा रहेका उनलाई रोक्न नेपाली ब्याट्सम्यानलाई सामना गर्न कठिन हुने छ । उनले हङकङ र भारतसँग ४–४ विकेट लिएका थिए ।

यता नेपाललाई भने कप्तान ज्ञानेन्द्र मल्लकै खराब लयको चिन्ताको विषय बनेको छ । मल्लले हङकङ र भारत दुबै खेलमा खाता खोल्न सकेनन् । मल्लको नेपाली टोलीले आजको खेलमा विकल्प खोज्ने त छैन । तर ठूलो इनिङ खेल्नु पर्ने भने हुन्छ । मल्लको प्रर्दशनलाई लिएर सामाजिक सञ्जालमा समर्थकले आलोचना गर्दै आएका छन् । ओपनर मल्लनै शून्यमा आउट हुँदा टोली दबाबमा पर्दै आएको छ ।

मल्ललाई ओपनरको रुपमा कुशल भुर्तेललेनै साथ दिने संभावना छ । उनी भारतविरुद्ध २८ रन जोडेका कुशलले हङकङविरुद्ध १ रनमा आउट भएका थिए । अर्का ओपनरको रुपमा इशान पाण्डे रहेका छन् । टोलीमा परिवर्तन गरि रहँदा प्रर्दशनमा असर पर्ने हुँदा इशानको संभावना न्यून छ ।

शरद भेषवकर बाहेक अन्य शीर्षक्रमका ब्याट्सम्यानले ठूलो इनिङ खेल्न सकेका छैनन् । शरदले भारतविरुद्ध ४४ र हङकङविरुद्ध ८९ रन जोडेका थिए । उनलाई ठूलो इनिङ खेल्नुपर्ने जिम्मेवारी छ । उप कप्तान दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले सुरुवात राम्रो गरेपनि ठूलो इनिङ खेल्न सकेका छैनन् । यी दुबैबाट ठूलो इनिङको आशा गरिएको छ । मध्यक्रममा विनोद भण्डारी र पवन सरार्फ रहने छन् ।

हङकङसँगको खेलको प्रर्दशन अनुसार नेपालले तीन तीब्र गतिका बलरलाई मैदान उतार्न सक्छ । सोमपालले विश्राम पाएको खेलमा अभिनास बोहोराले उत्कृष्ट प्रर्दशन गर्दै हङकङविरुद्ध ३ विकेट लिएका थिए । त्यसैले उनि बेन्चमा बसन्ने संभावना देखिदैन । करण र सोमपाल टोलीको पहिलो रोजाईमा पर्दै आएका छन् । करणले पनि उत्कृष्ट प्रर्दशन गर्दै हङकङविरुद्ध ३ विकेट लिएका थिए । हङकङसँगको प्रर्दशन हेर्दा सोमपाल टोलीमा फर्किन बाहेक अन्य खासै परिवर्तनको संभावना देखिदैन ।

February 26, 2025

अफगानिस्तान र इङ्ग्ल्याण्डलाई जित्नै पर्ने दबाब

एजेन्सी – च्याम्पियन्स ट्रफीमा सुरक्षित रहन जित्नै पर्ने खेलमा अफगानिस्तान र इङ्ग्ल्याण्ड आज एकअर्कासँग खेल्दैछन् । पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। पहिलो खेलमा पराजित दुवै टोलीलाई प्रतियोगिताको सेमिफाइनल सम्भावना कायम राख्न जित्नै पर्ने दबाब छ । यो खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ […]

February 25, 2025

ललितपुर र मकवानपुरको जित

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]

February 25, 2025

कैलाली प्रिमियर लिग – फाइनलमा पुर्नवास र भिमदत्त भिड्ने

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]

Success

Thank you for your time.