default_image

5 years ago

November 17, 2019

प्रधानमन्त्री ओलीसँग सचिनको भेट

108 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान सचिन तेन्दुलकरले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर सचिनले ओलीलाई भेटेका हुन् । सचिन शनिवार काभ्रेको पात्लेखेल पुगेका थिए । जहाँ सचिनलाई स्थानियले ढाका टोपी र फुलमालाले स्वागत गरेका थिए । सचिनले पशुपतीनाथ मन्दिरमा दर्शन पनि गरेका छन् । बिहान साँढे ७ बजे पशुपतिनाथ मन्दिरको दर्शन गरेका हुन् । पशुपति मन्दीरमा सचिनले आधा घण्टा बिताएका थिए ।

सचिनले प्रधानमन्त्री ओलीलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै ट्वीटरमा संदेश दिएका छन् । उनले लेखेका छन्, ‘ स्वास्थ्यमा समस्याका बाबजुद मलाई भेट्ने समय दिनुभएकोमा धन्यवाद दिन चाहन्छु । शीघ्र स्वास्थ्य लाभको कामना । नेपालमा पाएको माया निकै विशेष छ । उपहारस्वरुप पाएको बत्तिझैं संसारभर उज्यालो, खुसी र समृद्धि छाइरहोस् भन्ने कामना गर्दछु ।’

युनिसेफका सद्धभावना दुत रहेका सचिन बालअधिकार सम्वन्बी महासन्धी पारित भएको ३० वर्ष पुरा भएको उपलक्ष्यमा शुक्रबार राती नेपाल आएका थिए । सचिनले शनिवार टियु क्रिकेट मैदानमा यू१९ टोलीका प्रशिक्षक तथा पुर्व कप्तान विनोद दास गरि दुइ टिम बनाई बालकालिकासँग मैत्रीपूर्ण क्रिकेट खेलेका थिए । सचिनले क्रिकेटसँगै आफ्नो अनुभव पनि सुनाउनुको साथै क्रिकेट सम्म सिकाएका थिए ।

टियु क्रिकेट मैदानमा सचिनले बालकालिकालाई क्रिकेट खेल्ने अभिप्रेरणा र हौसला प्रदान गरेका थिए । सागको बन्द प्रशिक्षणमा रहेका राष्ट्रिय महिला क्रिकेट टोलीसँग पनि सचिनले केहि समय कुराकानी गरेका थिए । सचिनलाई कडा सुरक्षा दिइएको छ । टियु क्रिकेट मैदानमा पनि सचिनलाई कडा सुरक्षा दिइएको थियो ।

सचिन विश्व क्रिकेटकै सर्वाधिक सफल खेलाडी हुन् । विश्व क्रिकेटमा सर्वाधिक रन बनाउने देखी क्रिकेटमा बनेका अधिकाम्स कीर्तिमानमा सचिनकै नाममा छन् । सचिनलाई मास्टर ब्लास्टर पनि भन्ने गरिन्छ । क्रिकेटका महान हस्ती सचिन नेपाल आउँदा नेपाली राष्ट्रिय टोली, पुर्व कप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछाने भने देश बाहिर छन् । नेपाली राष्ट्रिय टोली बंगलादेशमा इमर्जिङ टिम्स कपमा प्रतिस्पर्धा गरि रहेको छ । पुर्व कप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछाने यूएईमा टि टेन लिग खेलि रहेका छन् ।

February 26, 2025

अफगानिस्तान र इङ्ग्ल्याण्डलाई जित्नै पर्ने दबाब

एजेन्सी – च्याम्पियन्स ट्रफीमा सुरक्षित रहन जित्नै पर्ने खेलमा अफगानिस्तान र इङ्ग्ल्याण्ड आज एकअर्कासँग खेल्दैछन् । पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। पहिलो खेलमा पराजित दुवै टोलीलाई प्रतियोगिताको सेमिफाइनल सम्भावना कायम राख्न जित्नै पर्ने दबाब छ । यो खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ […]

February 25, 2025

ललितपुर र मकवानपुरको जित

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]

February 25, 2025

कैलाली प्रिमियर लिग – फाइनलमा पुर्नवास र भिमदत्त भिड्ने

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]

Success

Thank you for your time.