5 years ago
November 17, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अष्ट्रेलियामा जारी रिचा स्मृति क्रिकेट प्रतियोगिताको उपाधि सगरमाथा क्रिकेट क्लब ए ले जितेको छ । आइतबार फाइनलमा रोयल राइनोज क्रिकेट क्लब ए लाई ४१ रनले हराउँदै सगरमाथा ए ले उपाधि जितेको हो ।
टस हारेर ब्याटिङ थालेको सगरमाथा ए ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४४ रन बनाएको थियो । उसका दीपेन रायमाझी ३०, विवेक श्रेष्ठ २५ र राज गुरुङले २१ रनको योगदान दिए । निरञ्जन, भिष्म र पुकारले समान २ किवेट लिए । १ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको आरआरसीसी ए १८.३ ओभरमा अल आउट हुँदै १ सय ३ रनमा समेटियो । उसका चन्द श्रेष्ठ २७, निरज श्रेष्ठ २४ र मोहन पुनले १९ रन जोडे ।
सगरमाथा ए का लागि अभिनास पौडेलले ४ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए । त्यस्तै सुनित थापा र राज गुरुङले समान २ विकेट लिए । विजेता सगरमाथा ए ले १५ सय डलर प्राप्त गर्यो । प्रतियोगितामा सुनित सुयाल उत्कृष्ट बलर घोषित भए । त्यस्तै प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान किरण कंडेल चुनिए । प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी सगरमाथा ए का दिपेन रायमाझी घोषित भए ।
प्रतियोगिता क्यानका पूर्व उपाध्यक्ष नरेश श्रेष्ठकी छोरी रिचा श्रेष्ठको स्मृतिमा आयोजना गरिएको हो । उनको केहि महिनाअघि निधन भएको थियो ।
February 26, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा सुरक्षित रहन जित्नै पर्ने खेलमा अफगानिस्तान र इङ्ग्ल्याण्ड आज एकअर्कासँग खेल्दैछन् । पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। पहिलो खेलमा पराजित दुवै टोलीलाई प्रतियोगिताको सेमिफाइनल सम्भावना कायम राख्न जित्नै पर्ने दबाब छ । यो खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]