5 years ago
November 17, 2019
एजेन्सी – यू१९ च्यालेन्जर एक दिवसिय सिरिजमा तेस्रो स्थानको लागि भएको खेलमा नेपाली युवा टोली भारतको ‘सी’ सँग १ सय ५५ रनको फराकिलो अन्तरले पराजित भएको छ ।
योसँगै नेपाल यू१९ च्यालेन्जर सिरिजमा जित बिहीन बनेको छ । लिग चरणमा नेपाल भारत सी सँग १० विकेटले हारेको थियो । लिग चरणमै भारत ए सँग १ सय ७ रन र भारत बी सँग २ विकेटले पराजित हुन पुगेको थियो ।
भारत ‘सी’ ले प्रस्तुत गरेको २ सय ५९ रनको लक्ष्य पछ्याएको नेपाल ३२.५ ओभरमा अल आउट हुँदै १ सय ३ रनमा समेटियो । नेपालका कप्तान रित गौतम र विशाल विक्रम केसीले खातै खोल्न सकेनन् ।
लोकेश बम ६, तृतराज दाश १९, खडक बहादुर बोहरा २६, हरि बहादुर चौहान २, शेर मल्ल ९, कुशल मल्ल २६ र विवेक कुमार यादवले ६ रन जोडे । भारत सी का लागि कप्तान शुभांग सामर्थले ३, रवि रोशन, प्रदोश रञ्जन पल र विद्यादर पटेलले समान २ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ थालेको भारत सी ले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ५८ रन बनाएको थियो। भारत सी का लागि ब्रिकान्त सिंह भदेरियाले ४९ बलमा ४ चौका र २ छक्का सहित ५० रन जोडे ।
त्यस्तै सौरभ कुमार डागरले ६० बलमा २ चौका र ३ छक्का सहित ५८ रनमा अविजित रहे । कप्तान शुभांग समर्थ हेगडे ३६ रनमा अविजित रे । छैटौ ओभरको पहिलो बलमा ओपनर अर्जुन ए अजादलाई विवेव कुमार यादवले १९ रनमा क्याच आउट गराएका थिए ।
त्यस्तै अर्यान सिट्टीलाई कुशल मल्लले सागर ढकालबाट ३१ रनमा क्याच आउट गराए । उनले ४९ बलमा ४ चौका प्रहार गरे । प्रदोस रञ्जन पल १४, श्रवात रावत १७ र कुमार के कुशग्रा २७ रनमा क्याच आउट भए ।
नेपालका लागि स्पिनर सागर ढकालले १० ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । कुशल मल्ल २ र विवेक कुमार यादवले १ विकेट हात पारे ।
February 26, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा सुरक्षित रहन जित्नै पर्ने खेलमा अफगानिस्तान र इङ्ग्ल्याण्ड आज एकअर्कासँग खेल्दैछन् । पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। पहिलो खेलमा पराजित दुवै टोलीलाई प्रतियोगिताको सेमिफाइनल सम्भावना कायम राख्न जित्नै पर्ने दबाब छ । यो खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]