5 years ago
November 17, 2019
काठमाडौं (हाम्रो खेलकुद) – भारतको हैदराबादमा जारी यू१९ च्यालेन्जर एक दिवसिय सिरिजमा नेपालले आफ्नो अन्तिम खेलमा भारत सी विरुद्ध पहिला बलिङ गर्ने भएको हो ।
भारत सी ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । नेपालले टोलीमा आज दुई परिवर्तन गरेको छ । तीब्र गतिका बलर गौतम केसीको स्थानमा विवेक कुमार यादवलाई मौका दिएको छ । त्यस्तै भारत बी सँग डक आउट भएका अभिषेक बस्नेतको स्थानमा खडक बहादुर बोेहरालाई मौका पाएका छन् ।
लिग चरणमा तीनै खेल हारेर पुछारमा रहेको नेपालले तेस्रो स्थानको लागि भारत सीसँग प्रतिस्पर्धा गर्न लागेको हो । भारत सी ३ खेलमा २ मा हार र १ मा जित सहत तेस्रो स्थानमा रह्यो । शीर्ष स्थानमा रहेका भारत बी र भारत ए फाइनलमा भिड्दै छन् । नेपाल पहिलो खेलमा भारत सी साग १० विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल भारत बी सँग २ विकेट र भारत ए सँग १ सय ७ रनले पराजित भएको थियो ।
नेपालको प्लेइङ ११ :
रित गौतम (कप्तान), लोकेश बम, सागर ढकाल, हरि बहादुर चौहान, विशाल विक्रम केसी, आकश चन्द, खडक बहादुर बोहरा, शेर मल्ल, कुशल मल्ल, तृतराज दास, विवेक कुमार यादव ।
भारत सी को प्लेइङ ११ :
अर्जुन ए अजाद, प्रदोश रञ्जन पल, श्रवात रावत, कुमार के कुशग्रा, सौरभ कुमार, शभांग समर्थ हेगडे, रवि रोशन राम एकबल सिंह, ब्रिकान्त सिंह, विद्यादर पटेल, अर्या सी सिट्टी र मुजतबा ए युसुफ ।
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]
February 25, 2025
एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।