default_image

5 years ago

November 16, 2019

‘माथिल्लो स्तरको क्रिकेट खेल्न बंगलादेशलाई हराउनुपर्छ’– शरद

133 views

0 Bookmark

ढाका (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ब्याट्सम्यान शरद भेषावकरले नेपालले माथिल्लो स्तरको क्रिकेटको बारे सोच्छ भने बंगलादेश जस्ता टोलीलाई हराउनै पर्ने बताएका छन् ।

एसीसी इमर्जिङ टिम्स एसिया कपमा शनिवार नेपालले हङकङलाई ४० रनले हराउँदा शरदले उत्कृष्ट ब्याटिङ गरेका थिए । खराब सुरुवात गरेको नेपाली ब्याटिङलाई शरदले अन्तिम सम्म टिक्दै प्रतिस्पर्धात्मक योगफलमा पुर्याएका थिए । नेपालका सर्वाधिक अनुभवी ब्याट्सम्यान समेत रहेका शरदले हङकङविरुद्ध १ सय ३९ बलमा ९ चौका सहित ८९ रनको योगदान दिए । जितपछि शरदले आफ्नो शतक भन्दा पनि टोलीको जित महत्वपूर्ण रहेको बताएका छन् ।

‘मेरो रन भन्दा पनि लाष्ट सम्म टिक्ने सोच थियो । सुरुमा विकेट खेल्न एकदम गाह्रो थियो । त्यसैले सट छनोट कठिन थियो । पछि अलि सहज भयो । आरिफ र दीपेन्द्रले राम्रो साझेदारी गरे’, शरदले भने । ‘हामीले २ सय ४० सम्मको लक्ष्य राखेका थियौं । तर निरन्तर विकेट गुमाउँदा उक्त लक्ष्यमा पुग्न सकेनौ । दीपेन्द्रलाई मैले सकेसम्म लामो साझ्दारी गर्दै टोलीलाई अघि लैजाउन भनेको थिएँ ।’

‘मेरो शतक भन्दा पनि टिमले जित्नुै महत्वपूर्ण हो । शतकको बारे खासै सोचेको थिइन । अन्तिम  तीन चार ओभरमा मैले अलि स्ट्राइक पनि पाइन । त्यसैले पनि अलि फरक पर्यो । त्यो भन्दा पनि टिमले जित्नु महत्वपूर्ण थियो’, शरदले भने । त्यस्तै शरदले बंगलादेशविरुद्ध जितको लागि खेल्ने बताएका छन् । ‘बंगलादेश घरेलु टोली हो र बलियो पनि छ । हामी माथिल्लो स्तरको क्रिकेटको बारे सोच्छौ भने बंगलादेश जस्ता टोलीलाई हराउन सक्नुपर्छ र जसरी भएपनि हराउने प्रयास गर्ने छौं’, शरदले भने ।

नेपालले सोमबार बंगलादेशसँग खेल्ने छ । बंगलादेशसँग अप्रात्यशित जितले मात्र नेपाल सेमिफाइनलमा पुग्दैन,भारत र हङकङबीचको नतिजाले पनि प्रभाव पार्ने छ ।

February 25, 2025

ललितपुर र मकवानपुरको जित

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]

February 25, 2025

कैलाली प्रिमियर लिग – फाइनलमा पुर्नवास र भिमदत्त भिड्ने

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]

February 25, 2025

दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल रद्द

एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।

Success

Thank you for your time.