5 years ago
November 16, 2019
ढाका (हाम्रो खेलकुद) – एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले प्रस्तुत गरेको २ सय १८ रनको विजयी लक्ष्य पछ्याएको हङकङले खराब सुरुवात गरेको छ ।
हङकङले ११ ओभरमा ५ विकेट गुमाउँदै ४७ रन जोडेका छ । उसका किन्चित शाह १४ रनमा खेलिरहेका छन् । दोस्रो ओभरको अन्तिम बलमा करण केसीले ओपनर क्यामरन लाचलानलाई विनोद भण्डारीबाट ४ रनमा क्याच आउट गराए । करणलेनै पाँचौ ओभरको पाँचौ बलमा अशान अलीलाई १० रनमा क्याच आउट गराए ।
अभिनासले आठौं ओभरको पहिलो बलमा निजाकट खान मोहम्मददाई विनोद भण्डारीबाट ९ रनमा क्याच आउट गराएपछि नेपालले राम्रो सुरुवात गरेको हो । दशौं ओभरको अन्तिम बलमा अभिनासले शाहिद वासिफलाई विनोदबाटै १० रनमा क्याच आउट गर्दै पेभिलिएन फर्काएका छन् । १२ अौं अोभरको अन्तिम बलमा अभिनासले एजाज खानलाई शून्यमा कट बिहाइन्ड गराए ।
त्यसअघि नेपालले टस हारेर ५० ओभरमा अल आउट हुँदै २ सय १७ रनमा समेटिएको थियो । नेपालका लागि शरद भेषवाकरले १ सय ३९ बलमा ९ चौका सहित ८९ रनको योगदान दिएका थिए ।
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]
February 25, 2025
एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।