default_image

5 years ago

November 16, 2019

मैत्रीपूर्ण खेलमा सचिनको टोली विजयी

127 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मैत्रीपूर्ण खेलमा भारतीय क्रिकेट टोलीका पुर्व कप्तान सचिन तेन्दुलकरको टोलीले नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान विनोद दासको टोलीलाई ९ विकेटले हराएको छ ।

टियु क्रिकेट मैदानमा जितको लागि ४५ रनको लक्ष्य पछ्याएको सचिनको टोलीले ६  ओभरमै १ विकेट गुमाउँदै पुरा गर्यो । सचिनले मैदानमा ब्याटिङ, बलिङ र विकेटकीपर तीनै गर्दै समर्थकलाई मनोरञ्जन प्रदान दिए  ।

सचिनले ७ रन बनाएर अन्य खेलाडीलाई मौका दिएका थिए । सचिनले १ चौका प्रहार गरे । सचिनले मैदानमा खेलाडीलाई ब्याटिङ र बलिङ दुबै कुरा सिकाई रहेका थिए । विनोद दासले १ विकेट लिए ।

त्यसअघि टस हारेर विनोद दासको टोली रेडले निर्धारित ८ ओभरमा ४ विकेट गुमाउँदै ४४ रन बनाएको थियो । युनिसेफ नेपालले आयोजना गरेको मैत्रीपूर्ण खेलमा सचिन शुक्रबार राती नेपाल आएका थिए । सचिनलाई टियुमा कडा सुरक्षाको ब्यवस्था गरिएको । नेपाल प्रहरी र गार्डले राम्रो सुरक्षा दिएका छन् ।

बालअधिकार सम्वन्बी महासन्धी पारित भएको ३० वर्ष पुरा भएको उपलक्ष्यमा युनिसेफ नेपालले मैत्रीपूर्ण क्रिकेट आयोजना गरेको हो । सचिन युनिसेफका सद्धभावना दुत हुन् ।

February 25, 2025

ललितपुर र मकवानपुरको जित

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]

February 25, 2025

कैलाली प्रिमियर लिग – फाइनलमा पुर्नवास र भिमदत्त भिड्ने

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]

February 25, 2025

दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल रद्द

एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।

Success

Thank you for your time.