5 years ago
November 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – भारतीय पुर्व कप्तान सचिन तेन्दुलकर टियु क्रिकेट मैदानमा आई पुगेका छन् । सचिन बिहान ९: ४० बजे टियु क्रिकेट मैदान आईपुगेका हुन् ।
टियु क्रिकेट मैदानमा भएको टसमा सचिनले जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । विनोद दासको टोलीले ब्याटिङ गर्दै छ ।
सचिन आज राती नेपाल आएका थिए । केहि बेरमा सचिन र राष्ट्रिय टोलीका पुर्व कप्तान तथा यू१९ का प्रशिक्षक विनोद दासबीच मैत्रीपूर्ण क्रिकेट भएको हो । सचिन र विनोद दासको टिममा बालकालीका रहेका छन् ।
खेल १० ओभर हुने बताइएको छ । सचिनलाई टियुमा राम्रो सुरक्षाको ब्यवस्था गरिएको छ । समर्थकको भने पातलो उपस्थित रहेको छ । नेपाल प्रहरी र गार्डहले कडा सुरक्षा दिएका छन् ।
बालअधिकार सम्वन्बी महासन्धी पारित भएको ३० वर्ष पुरा भएको उपलक्ष्यमा मैत्रीपूर्ण क्रिकेट आयोजना गर्न लागको हो । युनिसेफले टियु क्रिकेट मैदानमा शनिवार पानीको बोतल, हेलमेट, धारिला सामग्री र भारी झोला निषेध गरेको छ। सचिन युनिसेफ नेपालका सद्धभावना दुत हुन् ।
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]
February 25, 2025
एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।