5 years ago
November 16, 2019
ढाका (हाम्रो खेलकुद) – एसीसी इमर्जिङ टिम्स कप अन्तर्गत नेपालले दोस्रो खेलमा हङकङसँग खेल्दैछ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले खराब सुरुवात गरेको छ ।
नेपालले ३ अोभरको खेल सकिँदा दुवै अोपनरको साथ गुमाएको छ । नेपालले ५ रनमात्र जोडेको छ । कप्तान ज्ञानेन्द्र मल्ल लगातार दोस्रो खेलमा दोस्रो बलमा शून्यमा आउट भएका छन् । भारतविरुद्ध पहिलो खेलमा दोस्रो बलमा बोल्ड भएका ज्ञानेन्द्र हङकङविरुद्ध भने क्याच आउट भए । हङकङका कप्तान एजाज खानले उनलाई आफ्नै बलमा क्याच आउट गरेका हुन् ।
ज्ञानेन्द्रले पहिलो बलमा पनि अधिक बाउन्स आएको बलमा सट खेल्न सकेनन् । दोस्रो बल पनि सोहि किसिमको आउँदा ज्ञानेन्द्रले स्ट्रेटतर्फ खेलेको सट सिधै एजाजको हातमा पुगेको थियो ।
यस्तै अर्का अोपनर कुशल भुर्तेल पनि पेभेलियन फर्केका छन् । उनलाई एजाजले नै तेस्रो अोभरमा बोल्ड गरेका हुन् । हाल क्रिजमा दीपेन्द्रसिंह एरी र शरद भेषावकर क्रिजमा रहेका छन् ।
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]
February 25, 2025
एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।