5 years ago
November 16, 2019
ढाका (हाम्रो खेलकुद) – बंगलादेशमा जारी इमर्जिङ टिम्स एसिया कप अन्तर्गत नेपालले समूह चरणको दोस्रो खेलमा हङकङको सामना गर्दैछ । खेलमा हङकङले टस जितेर पहिलो फिल्डीङ रोजेको छ ।
नेपालले भारतविरुद्ध उत्रेको टोलीबाट एक खेलाडी परिवर्तन गरेको छ । सामान्य चोटका कारण सोमपाल कामीलाई विश्राम दिइएको छ । उनको स्थानमा अभिनाष बोहोराले टोलीमा स्थान बनाएका छन् । कप्तान ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेल नै नेपाली टोलीको शीर्षक्रम सम्हाल्ने छन् । त्यसपछि शरद भेषावकर, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र विनोद भण्डारी मध्यक्रममा रहनेछन् । अघिल्लो खेलमा उत्कृष्ट प्रदर्शन गरेका अलराउन्डर पवन सर्राफले तल्लो मध्यक्रमको जिम्मेवारी करण केसीसँग बाँड्नेछन् । अभिनाष, ललित नारायण राजवंशी र सुशन भारि पनि टोलीमा छन् ।
दुुवै टोली पहिलो जितको खोजिमा छन् । पहिलो खेलमा नेपाल भारतसँग ७ विकेटले पराजित हुँदा हङकङ बंगलादेशसँग ९ विकेटले पराजित गरेको थियो । जुन खेलमा बंगलादेशका सौम्य सरकारले ८४ र मोहम्मद नइमले ५२ रन जोडेका थिए । हङकङका बलरले कमजोर प्रर्दशन गरेका थिए । १ सय ६५ रनको लक्ष्य बंगलादेशले २५ ओभरको भेट्टाएको थियो ।
यता नेपाल पहिलो खेलमा भारतविरुद्ध पवन सर्राफ र शरद भेषावकरको ब्याटिङमा १ सय ९४ रनको लक्ष्य दिएको थियो । भारतले ४२ ओभरमा ७ विकेटको जित दर्ता गर्ने क्रममा खासै कसरत गर्नु परेन ।
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]
February 25, 2025
एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।