5 years ago
November 16, 2019
ढाका (हाम्रो खेलकुद) – एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आफ्नो दोस्रो खेलमा हङकङसँग खेल्दै छ । खेल नेपाली समय अनुसार विहान ८:४५ देखी सुरु हुने छ ।
दुुवै टोली पहिलो जितको खोजिमा छन् । पहिलो खेलमा नेपाल भारतसँग ७ विकेटले पराजित हुँदा हङकङ बंगलादेशसँग ९ विकेटले पराजित गरेको थियो । जुन खेलमा बंगलादेशका सौम्य सरकारले ८४ र मोहम्मद नइमले ५२ रन जोडेका थिए । हङकङका बलरले कमजोर प्रर्दशन गरेका थिए । १ सय ६५ रनको लक्ष्य बंगलादेशले २५ ओभरको भेट्टाएको थियो ।
हङकङले बंगलादेशविरुद्ध ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६४ रन जोडेको थियो । उसका हारोन अशराद ३५, कप्तान ऐजाज खान २५, वाजिद शाह १७ र केडी शाहले २४ रन जोड्न बाहेक कसैले राम्रो प्रर्दशन गर्न सकेका थिएनन् । बाबर हायात र अंशुमन रथले हङकङ छाडेपछि टोली कमजोर बनेको छ ।
यता नेपाललाई शीर्षक्रमको ब्याटिङकै चिन्ता छ । कप्तान ज्ञानेन्द्र मल्लको खराब लय अर्को चिन्ताको विषय हो । मल्ल भारतसँग दोस्रो बलमै शून्यमा आउट भएका थिए । खराब लयका कारण आलोचित भई रहेका मल्ललाई ठुलो इनिङ खेल्नुपर्ने दबाब छ । मल्लको जोडीको रुपमा कुशल भुर्तेललेनै निरन्तरता पाउने छन् । उनले भारतविरुद्ध डेब्यूमा २८ रन जोडेका थिए । दीपेन्द्र ऐरीले पनि ठूलो इनिङ खेल्न सकेका छैनन् । भारतविरुद्ध २ रनमा आउट भएका आरिफ शेखलाई पनि ठूलो इनिङ खेल्न दबाब छ ।
भारतविरुद्ध ४४ रन जोडेका अनुभवी ब्याट्सम्यान शरद भेषवाकरबाट टोलीले ठूलो आशा राखेको छ । यता युवा अलराउन्डर पवन सरार्फ आजको खेलमा पनि नायक बन्न सक्छन् । पवनले भारतविरुद्ध ५६ रन जोड्दै नेपाललाई सम्मानजक योगफलसम्म युर्याएका थिए । नेपालले लिएको तीन मध्य २ विकेट स्पिनरले लिएका थिए ।
टोलीमा खासै परिवर्तनको संभावना देखिदैन । भारतसँगको खेलमा उतारेको टोलीलाईनै निरन्तरता दिने संभावना छ । नेपालले आजको खेलमा पनि प्रमुख ४ स्पिनर र ७ ब्याट्सम्यानलाई खेलाउने संभावना बलियो छ । आजको खेलमा पराजित हुने टोलीको अघिल्लो चरणको संभावना सकिने छ । त्यसैले सेमिफाइनको आशा कायमै राख्न नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ ।
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]
February 25, 2025
एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।