5 years ago
November 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले टि१० क्रिकेटमा टिम आबुधावीबाट डेब्यु गरेको खेल टाई भएको छ । कलन्दर्स र आबुधावीले खेल टाई भएसँगै अंक बाँडेका हुन् ।
जितका लागि १ सय ४ रनको विजयी लक्ष्य पछ्याएको कलन्दर्सले निर्धारित १० ओभरमा ३ विकेट गुमाउँदै १ सय ३ रन बनाएपछि खेल टाई भएको हो । टि १० लिगको नियमअनुसार समूह चरणका खेलमा स्कोर बराबर भएमा अंक बाँड्ने प्रावधान रहेको छ । प्लेअफ चरणका खेलमा मात्र सुपर ओभर रहनेछ । यस नतिजाले दुवै टोलीले १-१ अंक बाँडेका छन् ।
कलन्दर्सका लागि विकेटकीपर लुक रोन्ची २३ र फिलिप साल्टले २२ रन जोडे । दोस्रो ओभरको अन्तिम बलमा रिचर्ड ग्लीसनले ओपनर टम ब्यान्टनलाई एलबीडब्लू आउट गर्दै पहिलो सफलता दिलाएका थिए । उनले ९ बलमा ३ चौका १६ रनको योगदान दिए । कप्तान डेविड मालनले ३३ रनको योगदान दिए । सातौ ओभरको दोस्रो बलमा क्याच आउट गर्नु अघि मालनले १८ बलमा ६ चौका र १ छक्का प्रहार गरे । रिचर्ड ग्लीसन १ र डी लेन्जले २ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ थालेको टिम अबू धाबीले १० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३ रन बनायो । कोरी एन्डरसनले २२ बलमा समान ३ चौका र छक्का सहित ४३ रनको योगदान दिए । एन्डरसनलाई क्रिस जोर्डनले अन्तिम ओभरको चौथो बलमा सुल्तान अहमदबाट क्याच आउट गराए । ओपनर निरोसन डिकवेलाले ७ बलमा २ चौका र १ छक्का सहित १७ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । डिकवेलालाई दोस्रो ओभरको तेस्रो बलमा लाहिर कुमाराले क्याच आउट गराए ।
चौथो ओभरको चौथो बलमा कप्तान मोइन अली ७ रनमा क्याच आउट भए । छैटौं ओभरको पहिलो बलमा जोर्डन कलार्कले लुक राइटलाई २० रनमा बोल्ड गरे । उनले १५ बलमा २ चौका र १ छक्का प्रहार गरे । ८ औं ओभरको अन्तिम बलमा लाहिरु कुमाराले लुइस ग्रेगरीलाई ११ रनमा बोल्ड आउट गरे । ग्रेगरी आउट भएसँग पारस ब्याटिङको लागि मैदान छिरेका थिए ।
पारसले ९ औं ओभरको अन्तिम बलमा जोर्डन कलार्कलाई २ रन जोडेका थिए । अन्तिम ओभरको पाँचौ बलमा क्रिस जोर्डनको बल पारसले डट खाए । अन्तिम बलमा पारसले १ रन लिए । पारस ३ बलमा ३ रनमा अविजित रहे । कलन्दर्सका लाहिरु कुमाराले २ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । क्रिस जोर्डन, जोर्डन कलार्क र सीक्कुगे प्रसन्नाले समान १ विकेट लिए ।
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]
February 25, 2025
एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।