5 years ago
November 15, 2019
एजेन्सी– नेपाली राष्ट्रिय टोलीका पुर्व कप्तान पारस खड्काले टि टेन लिगमा डेब्यू गरेका छन् । पारसले पारस टिम अबु धाबीबाट कलन्दर्सविरुद्ध खेल्ने भएका हुन् ।
यूएईको शेख जायद स्टेडियममा कलन्दर्सले टस जितेर पहिला फिल्डीङ गर्ने निर्णय लिएको छ । अबुधाबीका कप्तान मोइन अलीले बुझाएको प्लेइङ ११ को सुचिमा पारस परेका छन् ।
अबुधाबीको प्लेइङ ११ :
निरोसन डिकवेला, लुक राइट, मोइन अली (कप्तान), कोरि एन्डरसन, पारस खड्का,रोहन मुस्तफा, ह्यारी गर्नी, बेन लालिन, डी लान्गे, रिचार्ड ग्लीसन र लुइस ग्रेगरी
कलन्दर्सका प्लेइङ ११ः
लुक रोन्ची(विकेटकीपर), डेविड मलान (कप्तान), टम ब्यान्टन, लौरी इभान्स, जोर्डन कलार्क, फिलिप साल्ट, सीक्कुगे प्रसाना, क्रिस जोर्डन, लाहिरु कुमारा, जर्ज गार्टन र सुल्तान अहमद ।
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]
February 25, 2025
एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।