default_image

5 years ago

November 15, 2019

अग्रवाल : बंगलादेशविरुद्ध दोहोरो शतक, खेलपछि पब्जी

74 views

0 Bookmark

एजेन्सी – ओपनर मयंक अग्रवालले दोहोरो शतक प्रहार गरेपछि बंगलादेशसँगको पहिलो टेष्टमा घरेलु टोली भारतले विशाल अग्रता लिएको छ । दोस्रो दिनको खेल सकिदा भारतले ३ सय ४३ रनको अग्रता लिएको छ ।

दोस्रो दिनको खेल सकिदा भारत १ सय १४ ओभरमा ४९३-६ को अवस्थामा रहेको छ । ओपनर मयंक अग्रवालले ३ सय ३० बलमा २८ चौका र ८ छक्का सहित २ सय ४३ रनको योगदान दिए । उनलाई १ सय ७ ओभरको तेस्रो बलमा युवा स्पिनर मेहदी हसनले अबु जायदबाट क्याच आउट गराएका थिए । यो अग्रवालको टेष्ट करिअरकै उच्च प्रर्दशन हो । टेष्ट करिअरमा उनको यो दोस्रो दोहोरो शतक हो ।

खेलपछि पत्रकार सम्मेलनमा मयंकलाई दिनभरको मिहिनेतपछि के गर्ने गरेको छ भनेर प्रश्न गरिएको थियो । प्रश्नकर्ताले जिज्ञासा राख्दै सिनेमा हेर्ने गरेको छ कि विश्राम भनेर सोधेका थिए । तर मयंकले हाँस्दै आफूले पब्जी खेल्ने गरेको बताए । बंगलादेशविरुद्ध दोहोरो शतक बनाएकाउनले  यसअघि गत अक्टोबरमा दक्षिण अफ्रिकासँगको पहिलो टेष्टमा २ सय १५ रन जोडेका थिए ।

ओपनर रोहित शर्मा ६ र चेतेश्वर पुजारा ५४ रनमा आउट भए । कप्तान विराट कोहलीले खाता खोल्न सकेनन् । कोहलीलाई अबु जायदले एलबी डब्लू आउट गर्दै शून्यमा पेभिलिएन फर्काएका थिए । अजिंक्या रहाणेले १ सय ७२ बलमा ९ चौका सहित ८६ रन बटुले । चौथो विकेटका लागि अग्रवाल र रहाणेले १ सय ९० रनको साझेदारी गरेका थिए । रविन्द्र जडेजा ७६ बलमा ६ चौका र २ छक्का सहित ६० र उमेश यादव २० रनमा अविजित छन् । बंगलादेशका अबु जायदले ४ र मेहदी हसन र एबादत हसनले १–१ विकेट लिए ।

त्यसअघि पहिलो दिन टस जितेर ब्याटिङ थालेको बंगलादेश ५८.३ ओभरमा अल आउट हुँदै १ सय ५० रनमा सेटिएको थियो । बंगलादेशका मुश्फिकुर रहीमले ४३, कप्तान मोमिनुल हक ३७ र विकेटकीपर लिटन दासले २१ रन जोड्न बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । भारतका मोहम्मद शमाीले ३, रविचन्द्रन आश्विन, उमेश यादव र इशान्त शर्माले समान २ विकेट लिए ।

February 25, 2025

ललितपुर र मकवानपुरको जित

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]

February 25, 2025

कैलाली प्रिमियर लिग – फाइनलमा पुर्नवास र भिमदत्त भिड्ने

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]

February 25, 2025

दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल रद्द

एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।

Success

Thank you for your time.