5 years ago
November 15, 2019
काठमाडौं (हाम्रो खलकुद) – भारतीय पूर्वकप्तान सचिन तेन्दुलकर र नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान विनोद दासको टोलीबीच मैत्रीपुर्ण क्रिकेट हुने भएको छ ।
शनिबार टियु क्रिकेट मैदानमा हुने युनिसेफ नेपालले जनाएको छ । त्यसको खुसीमा विनोद दासले पनि एक ट्वीट गरेका छन् । सचिन सनिवार विहान नेपाल आउने छन् । विनोद दासले ट्विटमा भनेका छन्, ‘सपना पुरा भएको छ । २५ वर्षको प्रतिक्षा पुरा हुन अब केहि सेकेन्ड मात्र बाँकी छ ।’
सचिन युनिसेफका सद्धभावना दुत हुन् । विनोद दास पनि भारतबाट नेपाल आउने छन् । यू१९ च्यालेन्जर्स सिरिजको लागि विनोद भारतको हैदरावादमा रहेका छन् ।
A dream is about to be fulfilled.. The wait of almost 25 years is about to be over and it’s worth every second…#milliondreams #GodOfCricket
— Binod Das (@binodsum) November 15, 2019
त्यस्तै युनिसेफ नेपालले आफ्नो आधिकारी फेसबुकमा एक पोष्ट गरेको छ । उक्त पोष्टमा बालअधिकार सम्वन्बी महासन्धी पारित भएको ३० वर्ष पुरा भएको उपलक्ष्यमा मैत्रीपूर्ण क्रिकेट आयोजना गर्न लागको छ । युनिसेफले टियु क्रिकेट मैदानमा शनिवार पानीको बोतल, हेलमेट, धारिला सामग्री र भारी झोला निषेध गरिने जनाएको छ । टियु क्रिकेट मैदान विहान ९ बजेसम्म गेट खुल्ला हुने पनि जनाएको छ ।
भारतमा सचिनलाई क्रिकेटको भगवान मान्ने गर्दछन् । विश्व क्रिकेटमा वनेका अधिकांश क्रिकेटका कीर्तिमान सचिनकै नाममा छन् । सचिन विश्व क्रिकेटकै सर्वाधिक सफल खेलाडी मानिन्छन् ।
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]
February 25, 2025
एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।