default_image

5 years ago

November 15, 2019

सन्दीपले दिल्लीबाटै खेल्ने पक्का

82 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को लागि दिल्ली क्यापिटल्सले टोलीमै रहने र फुकुवा गर्ने खेलाडीको सुची सार्वजनिक गरेको छ । यसक्रममा दिल्लीले नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई अर्को सिजन खेल्ने टोलीमा सामेल गरेको छ

दिल्लीले सन्दीपसहित कप्तान श्रेयस ऐर, ओपनर पृथ्वी शा, शिखर धवन, विकेटकीपर ऋषभ पन्त र इशान्त शर्मालाई टोलीमा राखेको छ । त्यस्तै लग स्पिनर अमित मिश्रा, तीव्र गतिका बलर कागिसो रबाडा, आभेष खान, किमो पल, अक्षर पटेल र हर्ष पटेललाई पनि समेटेको छ । दिल्लीले यसै सिजन रविचन्द्रन आश्विन र अजिंक्या रहाणेलाई किनेको थियो । दिल्लीले तीन विदेशी खेलाडीलाई मात्र निरन्तरता दिएको हो ।

दिल्लीले जलज सक्सेना, अंकुश बैंस, नाथू सिंह र बंडारू अयप्पालाई  फुकुवा गरेको छ । दिल्लीले न्युजिल्यान्डका ओपनर कोलिन मुनरो, कोलिन इनग्राम, भारतीय अलराउन्डर हनुमा विहारी र युवा ओपनर मनजोत कालरालाई पनि अर्को सिजनका लागि टोलीमा राखेन । दक्षिण अफ्रिका अलराउन्डर क्रिस मोरिसलाई पनि टोलीमा सामेल भएनन् । आईपीएलको आगमी अक्सन आगमी पुष ३ मा हुँदैछ  ।

ट्रेन्ट बोल्टलाई दिल्लीले मुम्बई इन्डियन्सलाई बेचेको छ । रहाणेलाई टोलीमा भित्र्याउने दिल्लीले दुई लेग स्पिनर राहुल तेबतिया र मयंक मारकन्डेलाई राजस्थान रोयल्सलाई बेचेको थियो ।

यो पनि पढ्नुहोस : दिल्लीले बेच्यो दुई लेग स्पिनर, सन्दीपलाई फाइदा !

February 25, 2025

ललितपुर र मकवानपुरको जित

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]

February 25, 2025

कैलाली प्रिमियर लिग – फाइनलमा पुर्नवास र भिमदत्त भिड्ने

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]

February 25, 2025

दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल रद्द

एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।

Success

Thank you for your time.