5 years ago
November 15, 2019
एजेन्सी – भारतको हैदरावादमा जारी यू१९ च्यालेन्जर एक दिवसिय सिरिजमा नेपाल भारत बी सँग २ विकेटले पराजित भएको छ । नेपालको यो लगातार तेस्रो हार हो । नेपाल यसअघि पहिलो खेलमा भारत सी सँग १० विकेट र दोस्रो खेलमा भारत ए सँग १ सय ७ रनले पराजित भएको थियो ।
नेपालले प्रस्तुत गरेको २ सय ११ रनको विजयी लक्ष्य पछ्याएको भारत बी ले ४६.३ ओभरमा ८ विकेट गुमाउँदै पुरा गर्यो । उसका दिब्यंश जे जोशीले ३७ बलमा समान ४ चौका र छक्का प्रहार गरे । त्यस्तै कृष्ण सिट्टीले ७५ बलमा २ चौका सहित ३९ रनको योगदान दिए । पहिलो ओभरको पाँच बलमा आकश चन्दले ओपनर सिद्धेश अशोक बिरलाई विशाल विक्रम केसीबाट क्याच गराउँदै १ रनमा क्याच आउट गराए ।
पाँचौ ओभरको पाँचौ बलमा आकशलेनै यश विजयलाई ६ रनमा एलबी डब्लू आउट गरे । १८ ओभरको अन्तिम बलमा स्पिनर कुशल मल्लले सुरेन्द्र कुमारलाई २८ रनमा तृतराज दासबाट क्याच आउट गराए । उनले ४१ बलमा २ चौका प्रहार गरे । लगत्तै १९ ओभरको दोस्रो बलमा सागर ढकालले हर्ष राजेश जमवललाई २९ रनमा क्याच आउट गराएपछि नेपालले राम्रो सुरुवात गरेको थियो ।
तल्लो क्रममा जोशी र कृष्णले उत्कृष्ट प्रर्दशन गर्दै भारतलाई हार बाट बचाए । निर्मल कुमार २० र विवेक नरेश कुमारले १६ रनको योगदान दिए । नेपालका तीब्र गतिका बलर आकश चन्दले ८ ओभरमा ४१ रन खर्चेर ४ विकेट लिए । स्पिनर सागर ढकालले १० ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । कुशल मल्ल र शेर मल्लको नाममा १-१ विकेट रह्यो ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४९.५ ओभरमा २ सय १० रनमा अल आउट भएको थियो । नेपालका रित गौतमले सर्वाधिक ८४ रनको योगदान दिएपनि टोलीको हार टार्न सकेनन् । ३२ ओभरको तेस्रो बलमा अथर्व विनोद अनकोलेकरले क्याच आउट गराउनु अघि रितले ९३ बलमा १२ चौका र १ छक्का प्रहार गरे । तेस्रो ओभरको अन्तिम बलमा ओपनर लोकश बमलाई अकीब खानले ५ रनमा क्याच आउट गराएका थिए ।
तृतराज दास छैटौं ओभरको तेस्रो बलमा २ रनमा रन आउट भए । दशौं ओभरको चौथो बलमा अघिल्लो खेलमा उत्कृष्ट प्रर्दशन गरेका विशाल विक्रम केसी ३ रनमा क्याच आउट हुन पुगे । अभिषेक बस्नेतले खातै खोल्न सकेनन् । उनलाई दिब्यशं जोशीले १३ ओभरको पहिलो बलमा बोल्ड आउट गरेका थिए ।
२४ औं ओभरको पहिलो बलमा विकेटकीपर हरि बहादुर चौहान २० बलमा बोल्ड आउट भए । अथर्व विनोदले कुशल मल्ललाई १२ रनमा क्याच आउट गराए । तल्लोक्रममा शेर मल्ल ४७ बलमा ३ चौका सहित ३३ रन जोडे ।
त्यस्तै आकश चन्दले ४२ बलमा २ चौका सहित १८ रनको योगदान दिए । सागर ढकाल ९ रनमा अविजित रहे । गौतम केसी ५ रनमा आउट भए । भारत बी का लागि दिब्यंश जोशीले ३, अथर्व विनोद अनकोलेकर २, अकीब खान, नरेश खान र नर्मल कुमारले समान १ विकेट लिए । नेपालले अव तेस्रो स्थानको लागि भारत ए वा भारत सी मध्य एक टोलीसँग खेल्ने छ । भारत बी भने तीनै खेल जित्दै फाइनलमा पुगेको छ ।
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]
February 25, 2025
एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।