default_image

5 years ago

November 15, 2019

रितको अर्धशतकमा भारत ‘बी’ लाई मध्यम लक्ष्य

120 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रित गौतमले अर्ध शतक प्रहार गरेपछि यू१९ च्यालेनजर एकदिवसिय सिरिजमा नेपालले भारत बी लाई २ सय ११ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४९.५ ओभरमा अल आउट हुँदै २ सय १० रनमा समेटियो । नेपालका रित गौतमले सर्वाधिक ८४ रनको योगदान दिए । एकतर्फबाट नेपालको विकेट नियमीत पतन भई रहँदा अर्को एण्डबाट रितले रन जोड्दै मध्यम योगफल सम्म युर्याए । ३२ ओभरको तेस्रो बलमा अथर्व विनोद अनकोलेकरले क्याच आउट गराउनु अघि रितले ९३ बलमा १२ चौका र १ छक्का प्रहार गरे ।

तेस्रो ओभरको अन्तिम बलमा ओपनर लोकश बमलाई अकीब खानले ५ रनमा क्याच आउट गराएका थिए । तृतराज दास छैटौं ओभरको तेस्रो बलमा २ रनमा रन आउट भए । दशौं ओभरको चौथो बलमा अघिल्लो खेलमा उत्कृष्ट प्रर्दशन गरेका विशाल विक्रम केसी ३ रनमा क्याच आउट भएपछि नेपाल दबाबमा परेको थियो । अभिषेक बस्नेतले खातै खोल्न सकेनन् । उनलाई दिब्यशं जोशीले १३ ओभरको पहिलो बलमा बोल्ड आउट गरेका थिए ।

२४ औं ओभरको पहिलो बलमा विकेटकीपर हरि बहादुर चौहान २० बलमा बोल्ड आउट भए । अथर्व विनोदले कुशल मल्ललाई १२ रनमा क्याच आउट गराए । तल्लोक्रममा शेर मल्ल ४७ बलमा ३ चौका सहित ३३ रन जोडे ।

त्यस्तै आकश चन्दले ४२ बलमा २ चौका सहित १८ रनको योगदान दिए । सागर ढकाल ९ रनमा अविजित रहे । गौतम केसी ५ रनमा आउट भए । भारत बी का लागि  दिब्यंश जोशीले ३, अथर्व विनोद अनकोलेकर २, अकीब खान, नरेश खान र नर्मल कुमारले समान १ विकेट लिए ।

February 25, 2025

ललितपुर र मकवानपुरको जित

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]

February 25, 2025

कैलाली प्रिमियर लिग – फाइनलमा पुर्नवास र भिमदत्त भिड्ने

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]

February 25, 2025

दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल रद्द

एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।

Success

Thank you for your time.