5 years ago
November 15, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को फ्रेन्चाइज टोली दिल्ली क्यापिटल्सले आफ्नो टोलीमा ठूलो फेरबदल गरेको छ ।
आगमी संस्करणको आईपीएलको अक्सन अघि दिल्लीले टोलीमा साटफेर गरेको हो । दिल्लीले केहि दिन अघि पञ्जावका कप्तान रविचन्द्रन आश्विनलाई टोलीमा भित्र्याएको थियो । दिल्लीले राजस्थान रोयल्सका अजिंक्या रहाणेलाई पनि टोलीमा भित्र्याएको छ ।
रहाणेको आगमनले दिल्लीको मध्यक्रम बलियो बन्ने अनुमान गरिएको छ । अजिंक्यालाई टोलीमा ल्याउन दिल्लीले आफ्ना दुई लेग स्पिनर मंयक मरकान्डे र राहुल तेवतियालाई राजस्थान रोयल्सलाई बेचेको छ ।
गत वर्ष दिल्लीको शीर्षक्रम बलियो देखिएपनि मध्यक्रमले कमजोर प्रर्दशन गरेको थियो । त्यसैको कारण रहाणेलाई दिल्लीले टोलीमा भित्र्याएको हो । रहाणेले गत संस्करणको आईपीएलमा १३ खेलमा १ शतक सहित ३ सय ९३ रन बनाएका थिए । मारकन्डेलाई दिल्लीले यसै वर्ष मुम्बइ इन्डियन्सबाट किनेको थियो । चार लेग स्पिनर रहेको दिल्लीले दुईलाई बेच्दा नेपाली सन्दीप लामिछानेलाई भने फाइदा हुने छ ।
अब दिल्लीमा लेग स्पिनरको रुपमा सन्दीप र अमित मिश्रा रहेका छन् । सन्दीपले टोलीमा धेरै खेल खेल्ने पाउने संभावना बढेको छ । आइपीएल अक्सन आगमी पुष ३ मा कोलकत्तामा हुदै छ । त्यस अघि सबै फ्रेन्चाइज टोलीमा खेलाडी साटफेर तीब्र रुपमा बढाएका छन् । त्यस अघि दिल्लीले तीब्र गतिका बलर ट्रेन्ट बोल्टलाई पनि बेचेको छ । बोल्टलाई मुम्बईले किनेको छ ।
त्यस्तै राजस्थान रोयल्सले किंग्स इलाभेनका तीब्र गतिका बलर अंकित राजपुतलाई टोलीमा भित्र्याएको छ । राजस्थान रोयलसले गौतम कृष्णाप्पा र धवन कुलकर्णीलाई पनि बेचेको छ । कुलकर्णी मुम्बई गएका छन् । गौतम किंग्स इलाभेन पञ्जावबाट आगमी संस्करणको आईपीएल खेल्ने छन् ।
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]
February 25, 2025
एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।