5 years ago
November 14, 2019
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु मैदानमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।
विहीबार घोषणा भएको टोलीमा तीब्र गतिका बलर राशिद खान पहिलो पटक परेका छन् । राशिद बाहेक टोलीमा सबै पुरानै अनुहार रहेका छन् । साग मंसिर १५ देखी २४ सम्म काठमाडौं र पोखरामा हुने छ । घोषणा टोलीमा पुर्व कप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछाने पनि रहेका छन् ।
तीब्र गतिका बलर राशिद खानले पहिलो पटक सिनियर टोलीमा स्थान बनाएका छन् । राशिदले उमेर समुह र घरेलु क्रिकेटमा निरन्तर उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् ।
इमर्जिङ एसिया कपमा रहेका ओपनर इशान पाण्डे र विश्वकीर्तिमानी युवा खेलाडी रोहित कुमार पौडेल टोलीमा छैनन् । त्यस्तै वसन्त रेग्मी पनि टोली बाहिर रहेका छन् । टोलीमा युवा खेलाडीको बाहुल्याता छ ।
सागको लागि नेपाली टोली :
ज्ञानेन्द्र मल्ल(कप्तान), पारस खड्का, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, ललित नारायण राजवंशी, पवन सरार्फ, सन्दीप जोरा, सुसन भारी, आरिफ शेख, अभिनास बोहोरा, कुशल भुर्तेल र राशिद खान ।
वैकल्पिक सुचिमा :
रोहित कुमार पौडेल, भिम सार्की र सागर ढकाल ।
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]
February 25, 2025
एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।