default_image

5 years ago

November 14, 2019

सुमनलाई समेट्दै साग महिला क्रिकेट टोलीको घोषणा

72 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली सागको लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ विहीबार रुविना क्षेत्री बेलवासेको कप्तानीमा १५ सदस्य टोली घोषणा भएको हो ।

घोषणा टोलीमा वुमन्स च्याम्पियन्स लिग(डब्लूसिएल)मा उत्कृष्ट अलराउन्डर प्रर्दशन गरेकी सुमन खतिवडा(शान्ती) ले पहिलो पटक टोलीमा स्थान बनाएकी छिन् । अन्य भने नेपाली टोलीमा पुरानै अनुहार रहेका छन् ।

महिला टोलीका प्रशिक्षक जगत बहादुर टमटा, राष्ट्रिय खेलकुद परिषद(राखेप) का प्रशिक्षक श्यामसन जंग थापा र राखेपका समन्वय समितीका सदस्य सुमन राजकार्कीको टोलीले टोलीले खेलाडी छनोट गरेको हो ।

खेलाडीको प्रर्दशन, अुनशासन, विगतमा अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रर्दशन, फिटनेश र खेलाडीको धारणालाई लिएर टोली घोषणा गरेको छनोट समितीले जनाएको छ । साग मंसिर १५ देखी २४ सम्म काठमाडौं र पोखरामा चल्ने छ । महिला टोलीले पोखरामा प्रतिस्पर्धा गर्ने छ ।

सागको लागि महिला टोली

रबिना क्षेत्री बेलबासे(कप्तान), सिता राना मगर, इन्दु बर्मा, काजल श्रेष्ठ, करुणा भण्डारी, अप्सरी बेगम, सोनु खड्का, ममता चौधरी, सरस्वती चौधरी, अन्जली चन्द, सरिता मगर, सुमन खतिवडा (शान्ति), रोमा थापा, डलि भट्ट र कविता कुँवर ।

February 25, 2025

ललितपुर र मकवानपुरको जित

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]

February 25, 2025

कैलाली प्रिमियर लिग – फाइनलमा पुर्नवास र भिमदत्त भिड्ने

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]

February 25, 2025

दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल रद्द

एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।

Success

Thank you for your time.