default_image

5 years ago

November 14, 2019

नेपालमाथि भारतको सहज जित

106 views

0 Bookmark

ढाका (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीमाथि एसीसी इमर्जिङ एसिया कपमा भारतले सहज जित निकालेको छ । भारतले नेपाललाई ७ विकेटले हराएको हो ।

१ सय ९४ रनको विजयी लक्ष्य पछ्याएको भारतले ४२ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । भारतका सनबीर सिंहले ७३ बलमा ४ चौका सहित ५६ रनको योगदान दिए । उनलाई ३९ ओभरको पाँचौ बलमा करण केसीले ललित नारायण राजवंशीबाट क्याच आउट गराए । त्यस्तै अर्मान जाफर ७७ बलमा समान १ चौका र छक्का सहित ५१ रनमा अविजित रहे ।

तेस्रो विकेटको लागि सनबीर र अरमानले ९७ रनको अविजित साझेदारी गर्दै सहज जित पक्का गरे । ओपनर तथा कप्तान बी आर शरथ ४९ रनमा आउट भए । उनलाई सुसन भारीले १५ ओभरको तेस्रो बलमा एलबी डब्लू आउट गरेपछि अर्ध शतक बनाउन १ रनले चुकेका थिए । उनले ४९ बलमा ८ चौका र १ छक्का प्रहार गरे ।

अर्यान जुरेललाई १६ ओभरको पाँचौ बलमा ललित नारायाण राजवंशीले २९ रनमा एलबी डब्लू आउट गरे उनले ४३ बलमा ३ चौका प्रहार गरे । पहिलो विकेटका लागि जुरेल र शरथले १४.३ ओभरमा ७४ रनको साझेदारी गर्दै जित सहज बनाएका थिए । नेपालका करण केसी, सुसन भारी र ललित नारायाण राजवंशीले १–१ विकेट लिए ।

त्यसअघि विहीबार टस हारेर ब्याटिङ थालेको नेपाल ४५ ओभरमा १ सय ९३ रनमा अल आउट भएको थियो। नेपालका लागि पवन सरार्फले ४९ बलमा ७ चौका र २ छक्का सहित सर्वाधिक ५६ रनको योगदान दिए । पवनले ४१ ओभरको पहिलो बलमा यश राठोडलाई चौका प्रहार गर्दै सिनियर टोलीको लागि आफ्नो पहिलो अर्ध शतक पुरा गरेका थिए । ४५ ओभरको तेस्रो बलमा सौरभ दुबेले पवनलाई एलवीडब्लू आउट गरेका थिए ।

पहिलो ओभरको दोस्रो बलमा कप्तान ज्ञानेन्द्र मल्ल शून्यमा आउट भए । पहिलो बलमै एलबी डब्लूको आउटको अपिल गरेका दुबेले दोस्रो बलमा मल्ललाई बोल्ड आउट गरेका थिए ।

१८ ओभरको चौथो बलमा पार्थ रेखाडेले बोल्ड आउट गर्नुअघि यसै खेलबाट नेपाली टोलीमा डेब्यू गरेका ओपनर कुशल भुर्तेलले ६० बलमा ४ चौका सहित २८ रन जोडे । पार्थले नै २० ओभरको पहिलो बलमा आरिफ शेखलाई २ रनमा क्याच आउट गराए । दोस्रो विकेटका लागि शरद र कुशल भुर्तेलले १ सय ४ बलमा ५४ रनको साझेदारी गर्दै नेपाललाई सरुवाती संकट टारेका थिए ।

२९ ओभरको दोस्रो बलमा यश राठोडले सिद्धार्थ देसाईबाट उप कप्तान दीपेन्द्र सिंह ऐरीलाई २४ रनमा क्याच आउट गराए । ऐरीले ३१ बलमा ३ चौका प्रहार गरे ।

चौथो विकेटका लागि शरद र दीपेन्द्रबीच ४४ रनको साझेदारी भएको थियो । दीपेन्द्र आउट भएको चार बल पछि शरद ४४ रनमा एलबी डब्लू आउट भए। शरदले ७६ बलमा समान १ चौका र छक्का प्रहार गरे । ३४ ओभरको पाँचौ बलमा विनोद भण्डारीलाई ५ रनमा सिद्धार्श देसाईले क्याच आउट गराए । सौरभ दुबेले सोमपाल कामीलाई २ रनमा आउट गर ।

करण केसीले १६ बलमा समान १ चौका र छक्का सहित २० रनको योगदान दिए । भारतका लागि सौरभ दुबेले ७.५ ओभरमा १ मेडन सहित २६ रन खर्चेर ४ विकेट लिए । यश राठोडले ६.३ ओभरमा ३८ रन खर्चेर ३ विकेट लिए । पार्थ रेखाडे २ र सिद्धार्थ देसाईले १ विकेट हात पारे ।

February 25, 2025

ललितपुर र मकवानपुरको जित

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]

February 25, 2025

कैलाली प्रिमियर लिग – फाइनलमा पुर्नवास र भिमदत्त भिड्ने

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]

February 25, 2025

दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल रद्द

एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।

Success

Thank you for your time.