5 years ago
November 14, 2019
ढाका(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी इमर्जिङ एसिया कपमा भारतको सामाना गरिरहेको छ ।
टस हारेर ब्याटिङ थालेको नेपालले सुरुवातमै संघर्ष गरि रहेको छ । भारतीय बलर सामु रन बनाउन संघर्ष गरि रहेका छन् । नेपालले सुरुवाती ११ ओभरमा १ विकेट गुमाउँदै ३१ रन बनाएको छ । ओपनर कुशल भुर्तेल ३ चौका सहित १६ र शरद भेषावकर १ चौका सहित समान ११ रनमा खेलि रहेका छन् ।
शरदले आठौं ओभरमा जीवनदान पाएका थिए । आदित्यको बलमा प्वाइन्टमा पार्थले उत्कृष्ट डाइभ दिँदै प्रयास गरेपनि शरदको क्याच छुटेको हो । शरद तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका हुन् । कप्तान ज्ञानेन्द्र मल्ल दोस्रो बलमै शून्यमा बोल्ड आउट भए । भारतीय एसआर दुबेले पहिलो बलमै एलबी डब्लूको अपिल गरेका थिए । दोस्रो बलमा दुबेले मल्ललाई बोल्ड आउट गरेका हुन् ।
दुबे र आदित्य ठाकारे जोडीको बलिङ सामना गर्न नेपाली ब्याट्सम्यानलाई निकै कठिन भई रहेको छ । तीव्र गतिका बलरले नेपाललाई दवावमा राखिरहेका छन् ।
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]
February 25, 2025
एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।