default_image

5 years ago

November 14, 2019

कप्तान ज्ञानेन्द्र दोस्रो बलमै बोल्ड आउट

117 views

0 Bookmark

ढाका (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल एमसीसी इमर्जिङ एसिया कपमा भारत विरुद्ध दोस्रो बलमै शून्यमा बोल्ड आउट भएका छन् ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका कप्तान ज्ञानेन्द्र र कुशल भुर्तेल ओपनरको रुपमा मैदान आएका थिए । भारतीय एसआर दुबेले पहिलो बलमै एलबी डब्लूको अपिल गरेका थिए । दोस्रो बलमा दुबेले मल्ललाई बोल्ड आउट गरेका हुन् । क्रिजमा अहिले शरद भेषावकर आएका छन् ।

स्पिनरको रुपमा ललित नारायण राजवंशी र सुसन भारीलाई खेलाएको छ । तीब्र गतिका बलरको रुपमा सोमपाल कामी र करण केसीको जोडीले निरन्तरता पाएको छ । तीब्र गतिका बलर अभिनास बोहोरा, ओपनर इशान पाण्डे, रोहित कुमार पौडेल र सन्दीप जोरा बेन्चमा छन् ।

नेपालको शीर्षक्रम ब्याट्सम्यान शरद भेषावकर, आरिफ शेख र दीपेन्द्र सिंह ऐरी रहेका छन् ।

नेपालको प्लेइङ ११ :

ज्ञानेन्द्र मल्ल(कप्तान), दीपेन्द्र सिंह ऐरी,  शरद भेषवकर,  सोमपाल कामी,  करण केसी,  विनोद भण्डारी,  ललित नारायण राजवंशी,  पवन सरार्फ,  सुसन भारी,  आरिफ शेख र कुशल भुर्तेल

February 25, 2025

ललितपुर र मकवानपुरको जित

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]

February 25, 2025

कैलाली प्रिमियर लिग – फाइनलमा पुर्नवास र भिमदत्त भिड्ने

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]

February 25, 2025

दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल रद्द

एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।

Success

Thank you for your time.