5 years ago
November 14, 2019
सुबास हुमागाईं, ढाका
इमर्जिङ टिम्स कप अन्तर्गत लिग चरणको पहिलो खेलमा भारतविरुद्ध नेपालले सुरुवाती ब्याटिङ गर्ने भएको छ ।
भारतका कप्तान बीआर सरथले टस जितेर फिल्डिङ रोजेपछि नेपाल सुरुवाती ब्याटिङमा उत्रने भएको हो । नवनियुक्त कप्तान ज्ञानेन्द्र मल्ल टोलीको पूर्ण जिम्मेवारी पाएपछि पहिलो प्रतियोगितामा नेतृत्व गरिरहेका छन् । युवा ब्याट्सम्यान कुशल भुर्तेलले नेपाली टोलीमा डेब्यू गरेका छन् । कुशल कप्तान ज्ञानेन्द्र मल्लको साथ ओपनर आउने छन् ।
नेपालले स्पिनरको रुपमा ललित नारायण राजवंशी र सुसन भारीलाई खेलाएको छ । तीब्र गतिका बलरको रुपमा सोमपाल कामी र करण केसीको जोडीले निरन्तरता पाएको छ । टोलीमा तीब्र गतिका बलर अभिनास बोहोरा, ओपनर इशान पाण्डे, रोहित कुमार पौडेल र सन्दीप जोरा बेन्चमा रहेका छन् । नेपालको शीर्षक्रम ब्याट्सम्यान शरद भेषवकर, आरिफ शेख र दीपेन्द्र सिंह ऐरी रहेका छन् ।
नेपालको प्लेइङ ११ :
ज्ञानेन्द्र मल्ल(कप्तान), दीपेन्द्र सिंह ऐरी, शरद भेषवकर, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, ललित नारायण राजवंशी, पवन सरार्फ, सुसन भारी, आरिफ शेख र कुशल भुर्तेल ।
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]
February 25, 2025
एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।