5 years ago
November 14, 2019
ढाका (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले बंगलादेशमा विहीबार देखी सुरु हुने एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले बलियो प्रतिस्पर्धा गर्ने बताएका छन् ।
बिहीबार भारतसँग खेल्नुअघि कप्तान ज्ञानेन्द्र मल्लले हाम्रो खेलकुदसँग कुरा गर्दै पाएको अवसरलाई सदुपयोग गर्नुको साथै उच्च प्रतिस्पर्धा गर्ने बताएका छन् । समुह बी मा नेपालसँगै भारत, बंगलादेश र हङकङ छन् ।
‘पहिलो दिन अभ्यास राम्रो भयो । भारतसँगको खेलको लागि तयार छौं । कुनै पनि टोली कमजोर हुँदैन । अझ टेष्ट नेशन टोलीमा प्रथम श्रेणीको अनुभव हुन्छ । यू१९ देखी खेलाडीले अनुभव बटुलेको हुन्छन्’, ज्ञानेन्द्रले भने ।
‘हाम्रो लागि पनि अवसर हो । भारत र पाकिस्तानसँग बारम्बार खेल्न पाइदैन । हाम्रो लक्ष्य प्रतियोगितामा पाएको अवसर सदुपयोग गर्ने र बलियो प्रतिस्पर्धा दिने रहने हो’, उनले भने’ नेपालको अगाडी ओडीआई छ भन्ने म्यासेज दिनुपर्छ ।’
ज्ञानेन्द्रले पूर्वकप्तान पारस खड्का टोलीमा नहुँदा टोलीमा केहि फरक पर्ने बताए । ‘पारस नहुँदा केहि फरक अवश्य हुन्छ । सधैं पारस हामीसँग हुन्छ भन्ने हुँदैन । युवा खेलाडी र हामी सिनियरले थप जिम्मेवारी लिन जरुरी छ, ‘ उनले भने ।
तीन तीब्र गतिका बलर मध्य कसलाई मैदान उतार्नुहुन्छ भन्ने प्रश्नमा ज्ञानेन्द्रले करण केसी र सोमपाल कामी अलराउन्डर रहेको बताएका छन् । ‘अभिनास बोहोराले टि ट्वान्टीमा राम्रो प्रर्दशन गर्दै आएको छ । तीन तिब्र गतिका बलरलाई छनोट गर्न कठिन हुनेछ । पिचको अवस्था हेरेर निर्णय लिन्छौं, ‘ उनले थपे ।
त्यस्तै नेपाली टोलीको ओपनर कस्ले गर्छ भन्ने प्रश्नमा कुशल भुर्तेल, इशान पाण्डे र आफू मध्यमा दुईले गर्ने जवाफ दिएका छन् । ‘सबै खेलाडीले राम्रो प्रयास गरिरहेका छन् । कुशल र इशान जसले दबाबमा राम्रो गर्न सक्छ उनै माथि आउँछ । हामी विपक्षी हेरेर इशानलाई खेलाउने की कुशललाई खेलाउने भन्ने निर्णय लिनेछौं,’ उनले प्रष्ट पारे ।
जहिले पनि नेपालबाट खेल्दा खेलाडी र कप्तान दुवैलाई प्रर्दशन गर्नुपर्ने दबाब हुने बताए । ‘कप्तान भएपछि अझ बढि जिम्मेवार बढेको छ । दबाब भने केहि छैन’ ,मल्लले भने ।
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]
February 25, 2025
एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।