5 years ago
November 14, 2019
ढाका (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका सर्वाधिक अनुभवी खेलाडी तथा भरपर्दा ब्याट्सम्यान शरद भेषवकरले इमर्जि ङ टिम्स एसिया कपमा भारतलाई हराउन सक्ने क्षमता रहेको बताएका छन् ।
बुधबार अभ्यासको क्रममा शरदले हाम्रो खेलकुदसँग कुरा गर्दै यस्तो बताएका हुन् । साढे एक दशक भन्दा लामो समय देखी नेपाली टोलीबाट पहिलो रोजाईमा पर्दै आएका शरद इमर्जिङ कपमा नेपाली टोलीका प्रमुख खेलाडी हुन् । उनको प्रर्दशन नेपालको लागि इमर्जिङ कपमा महत्वपूर्ण हुने छ ।
भारतसँग खेल्नुअघि शरदले हाम्रो खेलकुदसँग भने, ‘पहिलो दिन बंगलादेशमा तयारी राम्रो । हाम्रो प्लान सामान्य छ । आफ्नो क्षमता अनुसार शत प्रतिशत दिने छौं । उनीहरुमा अनुभवी खेलाडी होलान् । धेरै नसुनेका नाम पनि छन् ।’
‘हामीले चाहिँ वेस्ट प्रर्दशन दिनुपर्छ । ५० ओभरको खेल हो । केहि दिन अघि प्रथम श्रेणी पनि खेलेका थियौ । जसले अभ्यास जस्तो पनि भएको छ । सकेसम्म लामो इनिङ खेल्ने सोच छ,’ उनले थपे, ‘म हरेक खेल धेरै नसोची रमाइलो गर्दै खेल्छु । अहिले धेरै सोच्न भन्दा पनि मैले के दिन सक्छु भन्ने हो । ट्यालेन्ट सबैमा भरपरीपूर्ण छ । खेलमा सट छनोट गर्न सक्नुपर्यो ।’
शरदले टेस्ट राष्ट्र भनेर डराउने अवस्था अब नरहेको जिकिर गरे । ‘टिभीमा हेरर हामी जुन कमजोर अरु खेलाडीको बारेमा औलाउछौं त्यहिलाई आफुले पनि लागु गर्नुपर्छ । हामी पनि टेष्ट नेशनको लेभलमा छौ । अव हामी त्यो टेष्ट नेशन भन्ने सोच हटाउनुपर्छ,’ उनले प्रष्ट्याए, ‘ प्लेयरको नाम हेरेर खेल्ने होइन । ब्याट र बलको खेल हो । यू१९ मा भारतलाई हराएका छौं । २३ मा अलि माथिल्लो स्तरको टोली होला । हामीले हराउन सक्दैनौ भन्ने केहि छैन ।’
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]
February 25, 2025
एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।