default_image

5 years ago

November 13, 2019

वीरगन्ज प्रिमियर लिगको मार्की खेलाडी सार्वजनिक

67 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलुकद)– वीरगञ्ज प्रिमियर लिग (विपिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगिताका मार्की खेलाडी सार्वजनिक भएको छ । प्रतियोगिता विरगञ्जको नारायणी क्रिकेट मैदानमा मंसिर १४ देखि २१ सम्म सञ्चालन हुने छ । प्रतियोगिताको लागि आयोजक युनाइटेड क्रिकेट क्लबले ६ टिमका ६ मार्की खेलाडी सार्वजनिक गरेको हो ।

गिनीज बुकमा नाम लेखाउन सफल खेलाडी महबुब आलम सिंह ११ लायन्सका मार्की खेलाडी रहेका छन् । अनुभवी ओपनर हसिम अन्सारी वीरगन्ज स्टार, युवा स्टार राशिद खान डीसीसी स्टार, सिनियर टोलीबाट खेली सकेका ओपनर विकेटकीपर अनिल कुमार शाह ड्रार्गन साहिब दरबार, तीब्र गतिका बलर जितेन्द्र मुखिया रौतहट राइनोज र सुरज पेटल केआईइसी वीरगञ्जको मार्की खेलाडीको रुपमा रहेका छन् ।

अक्सनमा कुल १ सय ९९ खेलाडीले नाम दर्ता गराएका छन् । अक्सन आगमी शनिवार हुने छ । प्रतियोगिताको विजेताले २ लाख ५० हजार र दोस्रो हुने टोलीले १ लाख ८० हजार रुपैयाँ प्राप्त गर्नेछ । म्यान अफ द सिरिजले २० हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान र बलरले समान १० हजार पाउनेछन् ।

८ दिन चल्ने प्रतियोगितामा प्रदेश २ का खेलाडीमात्र प्रतिस्पर्धा गर्न पाउने आयोजकले जनाएको छ । प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार ५ सय प्राप्त गर्ने छन् । ब्याट्सम्यानले छक्का प्रहार गरेको बल एक हातले क्याच लिने दर्शकले प्रत्येक क्याचको २ हजार रुपैयाँ पाउनेछन् ।

February 25, 2025

ललितपुर र मकवानपुरको जित

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]

February 25, 2025

कैलाली प्रिमियर लिग – फाइनलमा पुर्नवास र भिमदत्त भिड्ने

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]

February 25, 2025

दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल रद्द

एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।

Success

Thank you for your time.