default_image

5 years ago

November 13, 2019

‘दुई शतक प्रहार गर्ने लक्ष्य छ’ – उपकप्तान दीपेन्द्र

142 views

0 Bookmark

ढाका (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका उप कप्तान दीपेन्द्र सिंह ऐरीले एसीसी इमर्जिङ एसिया कपमा दुई शतक प्रहार गर्ने लक्ष्य राखेको बताएका छन् ।

बंगलादेशमा बुधबार अभ्यासको क्रममा दीपेन्द्रले हाम्रोखेलकुद सँग कुरा गर्दै यस्तो बताएका हुन् । दीपेन्द्रले पछिल्लो समय अपेक्षा अनुसार प्रर्दशन गर्न सकि रहेका छैनन् । शीर्षक्रमका प्रमुख ब्याट्सम्यान र वैकल्पिक स्पिनरका रुपमा पछिल्लो दुई वर्षमा सिनियर टोलीमा प्रमुख खेलाडीको रुपमा स्थान बनाउँदै आएका छन् ।

दुई वर्षअघि नेपालले यू१९ एसिया कपमा भारतलाई १९ रनले हराउँदै इतिहास कप्तान दीपेन्द्रले ब्याटिङ र बलिङ दुबैमा जादुमय प्रर्दशन गरेका थिए । इमर्जिङ कपमा दीपेन्द्रलाई रन बनाउनु पर्ने दबाब रहनेछ । लयमा फर्किने दीपेन्द्रलाई राम्रो अवसर पनि हो । इमर्जिङ एसिया कपमा भारतसँग खेल्नुअघि दीपेन्द्रले तीन खेल मध्य दुई खेलमा शतक हान्ने लक्ष्य राखेको बताएका छन् । ‘शीर्षक्रमका ब्याट्सम्यान भएपछि रन हान्नुपर्ने हुन्छ । मैले प्रर्दशन गरिन भने टिमलाई असर पर्छ । रन नहानेर दबाब परेको चाहिँ होइन,’उनले भने ।

दीपेन्द्रले बंगलादेशमा तयारी राम्रो भएको बताएका छन् । ‘नेपाल र बंगलादेशको विकेट फरक छ । भारत टेष्ट नेशन हो । उनीहरुसँग खेल्दा अनुभव फरक हुन्छ । यू१९ मा उनीहरुलाई हामीले धेरै राम्रो खेलेर जितेका हौं’,दीपेन्द्रले भने ।

दीपेन्द्रले आफुले पछिल्लो समय राम्रो प्रर्दशन गर्न नसकेको सहजै स्वीकार गर्दछन् तर खराब लय भने चाहि नरहेको बताएका छन् । ‘हरेक खेलको अवस्था हेरि दवावलाई सम्हालेर खेल्नुपर्ने हुन्छ । धेरै खेलमा राम्रो प्रर्दशन गर्न सकिरहेको छैन । समुह चरणमा सकेसम्म तीनै खेल जित्ने र नसके दुइ जितेर सेमिफाइनल पुग्ने लक्ष्य राखेका छौं’, दीपेन्द्रले भने ।

March 4, 2025

अष्ट्रेलिया र भारत सेमिफाइनलमा भिड्दै

एजेन्सी –च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज दुई सशक्त राष्ट्र भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। दुबईमा नेपाली समय अनुसार खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। आसिसीको अर्को नक आउट खेलमा फेरि एकपटक नाटकीय मोड, रोमाञ्चक खेल र उच्चस्तरीय क्रिकेटको अपेक्षा गरिएको छ। भारत र अष्ट्रेलियाबीचको खेलबाट यो अपेक्षा गरिएको हो। अष्ट्रेलिया ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने […]

March 2, 2025

न्युजिल्यान्डलाई हराउँदै भारत समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]

March 2, 2025

साना र रियालाई‌ समेट्दै क्रिकेट टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]

Success

Thank you for your time.