default_image

5 years ago

November 13, 2019

भारत ए विरुद्ध विशालको अर्धशतक

131 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा खेलाडी विशाल विक्रम केसीले यू१९ च्यालेन्जर सिरिजमा भारत ए विरुद्ध अर्धशतक पुरा गरेका छन् ।

खराब ब्याटिङ गरिरहेको नेपालका लागि विशालले ८४ बलमा ८ चौका सहित ५१ रनमा खेलि रहेका छन् । भारतीय यू१९ ए टोलीले प्रस्तुत गरेको २ सय ४८ रनको लक्ष्य पछ्याएको नेपालले २७ ओभरमा ८३ रन जोड्न ६ विकेट गुमाएको छ । शीर्षक्रमका ६ ब्याट्सम्यान मध्य ३ ले दोहोरो अंक छुन नसक्दा ३ डक आउट भएका छन् ।

पहिलो ओभरको चौथो बलमै कप्तान रित गौतम ५ रनमा रन आउट भए । दुई बलपछि दशरथ कुमारले लोकेश बमलाई शून्यमा एलवी डब्लू आउट गरेपछि नेपालले पहिलो ओभरमै दुई ओपनरलाई गुमाएको थियो । आठौं ओभरको दोस्रो बलमा खडक बहादुर बोहरा ३ रनमा एलवी डब्लू आउट भए ।

नितेश कुमार रेड्डीले १६ ओभरको चौथो बलमा अरुण ऐरीलाई ७ र पाँचौ बलमा कुशल मल्ललाई शून्यमा पेभिलिएन फर्काएपछि नेपाल संकटमा परेको छ । १९ ओभरको चौथो बलमा हरि बहादुर चौहान शून्यमा आउट भए । शेर मल्ल २४ बलमा २ चौका सहित १२ रनमा खेलि रहेका छन् ।

त्यस अघि राजिव गान्धी इन्टरनेशल स्टेडियममा टस हारेर ब्याटिङ थालेको भारत ए ले ४८.२ ओभरमा अल आउट हुँदै २ सय ४७ रन बनाएको थियो ।

February 25, 2025

ललितपुर र मकवानपुरको जित

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]

February 25, 2025

कैलाली प्रिमियर लिग – फाइनलमा पुर्नवास र भिमदत्त भिड्ने

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]

February 25, 2025

दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल रद्द

एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।

Success

Thank you for your time.