default_image

5 years ago

November 13, 2019

नेपाललाई भारत ए को बलियो लक्ष्य

158 views

0 Bookmark

एजेन्सी – हैदराबादमा जारी यू१९ च्यालेन्जर एक दिवसिय सिरिजमा भारत ए नेपाली यू१९ टोलीलाई २ सय ४८ रनको लक्ष्य दिएको छ ।

राजिव गान्धी इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको भारत ए ले ४८.२ ओभरमा अल आउट हुँदै २ सय ४७ रनमा समेटियो । कप्तान ध्रुब चन्द जुरेलले सर्वाधिक ७४ रनको योगदान दिए । जुरेलले ६५ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै धरमराई रहेको मध्यमक्रमलाई उकासेका थिए । एक समय २५.१ ओभरमा ११५–५ को कमजोर अवस्थामा पुगेको भारतलाई जुरेलले नितेश कुमार रेड्डीसँग छैटौं विकेटका लागि ९२ रनको साझेदारी गर्दै इनिङ इकासेका थिए । जुरेललाई शेर मल्लले ४२ ओभरको तेस्रो बलमा एलवी डब्लू आउट गरे ।

नितेशले ३० रनको योगदान दिए । नितेशलाई आकशले ४५ ओभरको दोस्रो बलमा बोल्ड आउट गरे । उनले ५८ बलमा २ चौका प्रहार गरे । गत महिना लिष्ट ए मा दोहोरो शतक प्रहार गर्ने ओपनर यशस्वी जैशवालले २७ बलमा ५ चौका र २ छक्का सहित ३३ रन जोड्दै राम्रो सुरुवात दिएका थिए । जैशवाललाई आकश चन्दले सातौ ओभरको पाँचौ बलमा बोल्ड आउट गरे ।

पहिलो विकेटका लागि जैशवाल र साई सुर्दशनले ३९ रनको साझेदारी गरेका थिए । १२ ओभरको अन्तिम बलमा हरि बहादुर चौहानले जय गोहिललाई ७ रनमा बोल्ड आउट गरे । २० औं ओभरको चौथो बलमा अर्जुन प्रर्साद मुर्थीलाई १३ रनमा शेर मल्लले विकेटकीपर खडक बहादुर बोहराबाट स्टम्पिङ आउट गराए ।

२१ अौं ओभरको दोस्रो बलमा साइ सुर्दशन ३४ रनमा रन आउट हुन पुगे । लोकेश बमले रन आउट गर्नु अघि सुर्दशनले ६३ बलमा ३ चौका प्रहार गरे । २६ ओभरको पहिलो बलमा शेरले आकशबाट समिर राजिवीलाई १६ रनमा क्याच आउट गराए । उनले १५ बलमा १ चौका प्रहार गरे । ४८ ओभरको तेस्रो बलमा प्रतिश जिसीले कुमार सिंहलाई २४ बलमा ३ चौका र १ छक्का सहित २६ रनमा एलवी डब्लू आउट गरे ।

स्पिनर शेर मल्लले १० ओभरमा ५४ रन खर्चेर ३ विकेट लिए । आकश चन्दले ९.२ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । प्रतिस जिसीले ८ ओभरमा ५७ रन खर्चेर १ विकेट लिए । हरि बहादुर चौहानको नाममा १ विकेट रह्यो ।

February 25, 2025

ललितपुर र मकवानपुरको जित

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]

February 25, 2025

कैलाली प्रिमियर लिग – फाइनलमा पुर्नवास र भिमदत्त भिड्ने

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]

February 25, 2025

दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल रद्द

एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।

Success

Thank you for your time.