5 years ago
November 13, 2019
एजेन्सी – नेपाली यू१९ टोलीले हैदराबादमा जारी यू१९ च्यालेन्जर एक दिवसिय सिरिजमा भारत ए विरुद्ध राम्रो सुरुवात गरेको छ ।
राजिव गान्धी इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारत ए ले २८ ओभरमा ५ विकेट गुमाउँदै १ सय ३० रन बनाएको छ । गत महिना लिष्ट ए मा दोहोरो शतक प्रहार गर्ने ओपनर यशस्वी जैसवालले आक्रमक ब्याटिङ गर्दै राम्रो सुरुवात दिलाए । जैशवालले २७ बलमा ५ चौका र २ छक्का सहित ३३ रन जोड्दै नेपाली बलरलाई दबाबमा राखेका थिए । आकाश चन्दले सातौ ओभरको पाँचौ जैसवाललाई बलमा बोल्ड आउट गर्दै पेभिलिएन फर्काए । पहिलो विकेटका लागि जैशवाल र साई सुर्दशनले ३९ रनको साझेदारी गरेका थिए ।
१२ ओभरको अन्तिम बलमा हरि बहादुर चौहानले जय गोहिललाई ७ रनमा बोल्ड आउट गरे । गोहिलले १४ बलमा १ चौका प्रहार गरे । २० औं ओभरको चौथो बलमा अर्जुन प्रर्साद मुर्थीलाई १३ रनमा शेर मल्लले विकेटकीपर खडक बहादुर बोहाराबाट स्टम्पिङ आउट गराउँदै पेभिलिएन फर्काए ।
ओपनर साई सुर्दशन २१ ओभरको दोस्रो बलमा ३४ रनमा रन आउट भए । लोकेश बलमे रन आउट गराउनु अघि उनले ६३ बलमा ३ चौका प्रहार गरे । २६ ओभरको पहिलो बलमा समिर राजिवीलाई शेर मल्लले आकश चन्दबाट क्याच गराउँदै १६ रनमा आउट गराएका छन् । उनले १५ बलमा १ चौका प्रहार गरे । भारत ए का कप्तान धुब्र चन्द जुरेल २० र नितेश कुमार रेड्डी ३ रनमा खेलि रहेका छन् ।
नेपालका लागि आकश चन्दले ६ ओभरमा ११ रन खर्चेर १ विकेट लिएका छन् । प्रतिस जिसीले ४ ओभरमा ३७ रन खर्चेका छन् । शेर मल्लले ५ ओभरमा २६ रन खर्चेर २ विकेट लिएका छन् । हरि बहादुर चौहानले ५ ओभरमा २९ रन खर्चेर १ विकेट लिएका छन् ।
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]
February 25, 2025
एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।