default_image

5 years ago

November 13, 2019

बलियो भारत ए विरुद्ध खेल्दै नेपाली युवा टोली

114 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू१९ टोलीले भारतको हैदराबादमा जारी यू१९ एकदिवसिय च्यालेन्जर ट्रर्फिमा भारत ए सँग खेल्दै छ । खेल नेपाली समय अनुसार ९:१५ बाट राजिव गान्धी इन्टरनेशनल स्टेडियम हैदराबादमा सुरु हुने छ ।

भारत सी सँग १० विकेटले पराजित भएको नेपाल पहिलो जितको खोजिमा हुने छ । यता भारत ए पनि पहिलो जितको खोजिमा छ । पहिलो खेलमा भारत ए भारत बी सँग ६ विकेटले पराजित भएको थियो । भारत ए मा पछिल्लो समय निकै चर्चाको शिखरमा रहेका १७ वर्षिय युवा ओपनर यशस्वी जैशवाल मुख्य हतियार हुन् । १७ वर्षिय ओपनर जैशवालले विजय ट्रर्फिमा मुम्बइबाट झारखण्डविरुद्ध २ सय ३ रन बनाउदै सनसनी मच्चाएका थिए । धुब्र चन्द जुरेलले भारत ए को कप्तानी गर्ने छन् । त्यस्तै भारत बी बिरुद्ध ९९ रन बनाएका जय राजुभाई गोहिल पनि नेपाललाई घातक बन्न सक्छन् ।

नेपाल पहिलो खेलमा भारतीय सी सँग १ सय १६ रनमा अल आउट भएको थियो । नेपालका कुनै पनि खेलाडीले ठूलो इनिङ खेल्न सकेका थिएनन् । कुशल मल्लले बनाएको २६ रन नै उच्च स्कोर थियो । आज शीर्षक्रमका ब्याट्सम्यान कप्तान रित गौतम, लोकेश बम, खडक बहादुर बोहरा, हरि बहादुर चौहान र अरुण ऐरीमाथि ठूलो इनिङ खेल्न दबाब छ ।

तल्लोक्रममा कुशल मल्ललाई छाड्दा आकाश चन्द र शेर मल्ल पनि ठूला सट प्रहार गर्न सक्ने क्षमता राख्छन् । पहिलो खेलमा नेपालको बलिङ विकेटविहीन बनेको थियो । नेपालले स्पिनरमा सागर ढकाल र तिलक राजभण्डरी तथा तीब्र गतिमा आकश र प्रतिश जिसीलाई निरन्तरता दिने संभावना देखिन्छ । टोलीमा परिवर्तनको संभावना न्युन देखिन्छ ।

नेपाली टोली :

रित गौतम (कप्तान), लोकेश बहादुर बम, तृतराज दास, विशाल विक्रम केसी, खडक बहादुर बोहरा, अभिषेक बस्नेत, हरि बहादुर चौहान, अरुण ऐरी, कुशल मल्ल, विवेककुमार यादव, सागर ढकाल, तिलक राज भण्डारी, शेर मल्ल, आकाश चन्द, प्रतिस जि.सी र गौतम केसी

भारतीय यू१९ ए टोली :

धुब्र चन्द्र जुरेल(कप्तान तथा विकेटकीपर), यशस्वी जैशवाल, साई सुदर्शन, जय राजुभाई गोहिल, समिर रिजवी, अर्जुन मुर्थि, नितेश कुमार रिड्डी, कृतिज्ञा कुमार सिंह, अमन बदोरिया, ऋषभ बन्साल, पुर्णांक त्यागी,दशरथ कुमार, अन्कित रेड्डी, प्रिन्स यादव र देबोप्रतिम हल्दार

February 25, 2025

ललितपुर र मकवानपुरको जित

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]

February 25, 2025

कैलाली प्रिमियर लिग – फाइनलमा पुर्नवास र भिमदत्त भिड्ने

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]

February 25, 2025

दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल रद्द

एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।

Success

Thank you for your time.