default_image

5 years ago

November 12, 2019

लिटल फ्लावरलाई एलपिएल–४ को उपाधि

75 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – चौथो संस्करणको निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिगको उपाधि लिटल फ्लावर स्कुल धनगढीले जितेको छ । मंगलबार धनगढीको संघीय प्रहरी ईकाई कार्यालयको खेल मैदानमा भएको फाईनलमा हिमालय ह्वाईट हाउस वल्र्ड स्कुल काठमाडौंलाई ९ विकेटले हराउँदै उपाधि जितेको हो ।

कप्तान विपिन रावल र सुवोध ऐरले उत्कृृष्ट प्रदर्शन गरेपछि लिटल फ्लावर लगातार दोस्रो उपाधि जितेको हो । विजेता लिटल फ्लावरले २ लाख र उपविजेता हिमालय ह्वाईट हाउसले १ लाख प्राप्त गरे । हिमालय ह्वाईट हाउसले दिएकोे एक सय ३८ रनको लक्ष्य लिटल फ्लावरले १८.१ ओभरमा १ विकेट गुमाउँदै पुरा गर्‍यो ।

सुवोध ऐरले ५४ वलमा ३ छक्का र ९ चौकाको मदत्तमा अविजित ६८ रन जोडे । त्यस्तै कप्तान विपिन रावलले ३८ वलमा ३ छक्का र ४ चौका सहयोगमा ४७ रन बनाए । सुवोध र विपिनले पहिलो विकेटका लागि १ सय ३ रनको शतकीय साझेदारी समेत गरे । हिमालय ह्वाईट हाउसका विक्रम ठगुन्नाले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको हिमालय ह्वाईट हाउसले २० ओभरमा एक सय ३७ रन बनाएको थियो । हिमालयका लागि ओपनरद्धय दिपक वोहोराले ३४ रन र सुदीप वस्नेतले १८ रन बनाए । सुरुवात राम्रो भएपनि मध्यक्रम नचल्दा ठूलो योगफल बनाउन चुकेको हो । छैटौ नम्बरमा मैदान छिरेका सुमीत श्रेष्ठले २५ रन बनाउनु वाहेक अन्य व्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

लिटल फ्लावरका लागि दिपक रोकाया र अनुराग सिंहले २-२ विकेट लिए । सुवोध ऐर म्यान अफ द म्याच चुनिए । कार्तिक १६ गतेदेखि कार्तिक २६ गतेसम्म धनगढीमा सञ्चालन गरिएको प्रतियोगिताका उत्कृष्ट खेलाडी हिमालय ह्वाईट हाउसका आरियो पौडेल भएका छन् । उनले नगद १५ हजार रुपैयाँ पाएका छन् ।

त्यस्तै प्रतियोगितामा शारदा विद्या निकेतनका विरेन्द्र नाथ उत्कृष्ट ब्याट्सम्यान, लिटल फ्लावर स्कुलका दिपक रोकाया उत्कृष्ट बलर र लिटल फ्लावरका अनुराग सिंह उदयमान खेलाडी बनेका छन् । उनीहरुले जनही नगद ५ हजार प्राप्त गरे ।

प्रतियोगितामा देशभरका १२ विद्यालयको सहभागिता थियो । लिग कम नकआउट शैलीमा भएको प्रतियोगितामा सहभागी विद्यालयको टिममा सोही विद्यालयको कक्षा १० सम्म अध्ययनरत १० जना खेलाडी र चार जना १९ वर्षमुनिका नेपाली क्रिकेट खेलाडी समावेश गर्न पाउने व्यवस्था गरिएको थियो ।

February 25, 2025

ललितपुर र मकवानपुरको जित

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]

February 25, 2025

कैलाली प्रिमियर लिग – फाइनलमा पुर्नवास र भिमदत्त भिड्ने

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]

February 25, 2025

दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल रद्द

एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।

Success

Thank you for your time.