5 years ago
November 12, 2019
एजेन्सी – घरेलु टोली बंगलादेशले विहीबार देखी सुरु हुने एसीसी इमर्जिङ टिम्स एसिया कपको लागि सिनियर टोलीका ६ खेलाडीलाई समेट्दै बलियो टोली घोषणा गरेको छ ।
बंगलादेशले दुई दिन अघि सम्पन्न भारतसँगको तीन टि ट्वान्टी सिरिजमा रहेका सौम्य सरकार, मोहम्मद नइम शेख सहित ५ खेलाडी इमर्जिङ टोलीमा छन् । जसको कारण बंगलादेश उपाधिको दाबेदार देखिएको छ ।
भारतविरुद्ध उत्कृष्ट प्रर्दशन गरेका मोहम्मद नइम शेख इमर्जिङ टोलीमा छन् । नइम सहित,सरकार, आबु हैदर रोनी, अमीनुल ईस्लाम विप्लव,अफिफ हुसैन आइतबार सम्पन्न भारतसँगको तीन टि ट्वान्टी सिरिजमा बंगलादेशको टोलीमा थिए । २० वर्षिय युवा नईमले भारतविरुद्ध तीनै खेलमा उत्कृष्ट प्रर्दशन गरे ।
बायाँ हाते नईमले भारतसँगको पहिलो टि ट्वान्टी खेलमा डेब्यू गर्दै सुरुवाती २६ रन जोड्दै टोलीलाई ऐतिहासिक जित दिलाएका थिए । दोस्रो खेलमा भारतविरुद्ध ३६ रन जोडेका नइमले तेस्रो खेलमा ८१ रन जोड्दै सनसनी मच्चाएका थिए । ८१ रन जोड्न ४८ बलमा १० चौका र २ छक्का प्रहार गर्दै एक समय बंगलादेशलाई जित नजिक पुर्याएका थिए । युवा ओपनर नइम ठूला सट प्रहार गर्न माहिर छन् । बंगलादेश क्रिकेट बोर्डले टेष्ट तथा ओडीआई खेलि सकेका नाजमुल हुसेन शान्टोलाई कप्तानीको जिम्मेवारी दिएको छ ।
सरकार बंगलादेशको सिनियर टोलीको महत्वूर्ण अलराउन्डर हुन् । उनले १५ टेष्ट, ५५ ओडीआई र ४६ टि ट्वान्टी आई खेलेका छन् । २८ टेष्ट इनिङमा १ शतक र ४ अर्ध शतक सहित कुल ८ सय १८ रन बनाएका छन् । त्यस्तै उनले ओडीआईमा २ शतक र ११ अर्ध शतक सहित १७ सय २८ रन जोडेका छन् । जसमा उत्कृष्ट प्रर्दशन १ सय २७ रन अविजित रहेको छ । टि ट्वान्टीमा सरकारले ७ सय ९१ रन जोडेका छन् ।
कप्तान नाजीमुलले बंगलादेशबाट २ टेष्ट, ३ ओडीआइ र २ टि ट्वान्टी आई खेलेका छन् । मध्य गतिका बलर आबू हैदर रोनीले २ ओडीआई र १३ टि ट्वान्टी आई खेलेका छन् । त्यस्तै लेग स्पिनर अमीनुल इस्लाम विप्लवले ४ टि ट्वान्टी आई खेलेका छन् । उनले भारतसँगको हालै सकिएको तीन टि ट्वान्टी सिरिजमा पहिलो र दोस्रो खेलमा २–२ विकेट लिएका थिए ।
बायाँ हाते अलराउन्डर अफीफ हुसैन ८ टि ट्वान्टी आई खेलेका छन् । उनी तल्लोक्रममा ठूला सटका लागि परिचित छन् । सिनियर टोलीबाट खेलेका ६ खेलाडी बाहेक सबैमा प्रथम श्रेणीको अनुभव छ ।
बंगलादेश र नेपाल एकै समुहमा छन् । इमर्जिङ एसिया कप कात्तिक २८ देखी मंसिर ७ सम्म बंगलादेशमा चल्ने छ । समुह बी मा नेपाल सहित बंगलादेश, भारत र हङकङ रहेका छन् । समुह ए मा ओमान, पाकिस्तान, अफगानिस्तान र श्रलिंका समुह ए मा छन् । नेपालले पहिलो खेल भारतसँग कात्तिक २८ मा खेल्ने छ । त्यस्तै हङकङसँग कात्तिक ३० र बंगलादेशसँग मंसिर २ मा खेल्ने छ । बंगलादेशले कात्तिक २८ मा हङकङ र कात्तिक ३० मा भारतसँग खेल्ने छ ।
बंगलादेशको टोली :
नजमुल हुसैन शान्टो(कप्तान), मोहम्मद नइम शेख, यासिर अली चौधरी, अफिफ हुसैन, जाहिर हसन, मिनहाजुल आबेदीन अफ्रिदी, अमीनुल इस्लाम विप्लव, सौम्य सरकार, तानबीर इस्लाम, महमुद हसन, मेहेदे राना, सुमन खान, महिदुल इस्लाम भुइयान, आबू हैदर रोनी र महदी हसन
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]
February 25, 2025
एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।