5 years ago
November 11, 2019
अर्जुन कार्की, बागलुङ
फ्युचर ब्राइटर माविले प्रथम फ्युचर कप अन्तरकलेज स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । अमर आदर्श माविलाई शनिबार भएको फाइनलमा ७ विकेटले हराउँदै फ्युचर ब्राइटरले उपाधि जितेको हो । १ सय ४३ रनको लक्ष्य पछ्याएको फ्युचरले १२.२ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
खराब सुरुवात गर्नका वावजुद कप्तान दिपक कुँवरको अर्धशतकको मद्दतमा टोलीले जित हासिल गरेको थियो । दीपकले ३५ बलमा ७ चौका र ५ छक्काको मद्दतमा अविजित ६३ रन बनाए । त्यस्तै सन्देश खड्काले २४ बलमा अविजित ३४ रन र दिनेश अधिकारीले ७ बलमा २१ रन जोडे । अमर आदर्शका लागि अर्जुन गिरी, पारस केसी र सन्दीप कंडेलले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमर आदर्शले निर्धारित १५ ओभरमा ८ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो । टोलकिा लागि अर्जुन गिरीले ३८ बलमा ५१ रन र विरेन्द्र चन्दले १८ बलमा अविजित ४८ रनको योगदान गरेका थिए । फ्युचरका आदेश शर्माले २, सन्देश खड्का, तुल बहादुर थापा र दिनेश अधिकारीले समान १ विकेट लिएका थिए ।
उपाधिसहित फ्युचर ब्राइटरले ४० हजार र अमर आदर्शले २० हजार रुपैयाँ प्राप्त गरे । फ्युचरका कप्तान दिपक कुँवर उत्कृष्ट खेलाडी घोषित भए र उनले ४ हजार रुपैयाँ प्राप्त गरे । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान अमर आदर्शका रोविन कार्की र उत्कृष्ट बलर फ्युचरका तुल बहादुर थापा चुनिए । दुवैले समान २ हजार रुपैयाँ प्राप्त गरे ।
बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेल, आयोजक फ्युचर स्पोर्टस क्लबका अध्यक्ष बालकृष्ण शर्मालगायतले विजेता, उपजिेता टोलीका खेलाडीलाई पुरस्कृत गरे । कात्तिक २० गतेदेखि संचालन भएको प्रतियोगितामा बागलुङ र पर्वतका १५ टोलीको सहभागिता थियो ।
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]
February 25, 2025
एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।