default_image

5 years ago

November 11, 2019

टि२० वरियतामा नेपालका सबै खेलाडी खस्किए

117 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नयाँ टि ट्वान्टी वरियता सार्वजनिक गरेको छ ।

आइसीसीले सोमबार सार्वजनिक गरेको बरियतामा शीर्ष १०० भित्र अट्ने नेपालका चारै खेलाडी खस्किएका छन् । अभिनास बोहोरा र बसन्त रेग्मी बलिङतर्फ शीर्ष सय भित्र छैनन् । पुर्व कप्तान पारस खड्का टि ट्वान्टीको ब्याटिङ वरियतामा १० स्थान खस्किएर ५५ औं स्थानमा पुगेका छन् । यस अघि पारस ब्याटिङतर्फ ४५ औं स्थानमा थिए ।

पारस अलराउन्डरतर्फ पनि खस्किएका छन् । नयाँ वरियता अनुसार पारस अलराउन्डरतर्फ ३२ औं स्थानमा पुगेका छन् । यस अघि पारस अलराउन्डरतर्फ २४ औं स्थानमा थिए । सोमपाल कामी अलराउन्डरतर्फमा ६१ बाट ६७ औं स्थानमा पुगेका छन् । अलराउन्डरतर्फ ७८ औं स्थानबाट करण केसी ८८ औं स्थानमा पुगेका छन् ।

बलिङतर्फ सन्दीप लामिछाने पनि खस्किएका छन् । यस अघि ६४ औं स्थानमा रहेका सन्दीप नयाँ वरियतामा ६९ औं स्थानमा पुगेका छन् । सोमपाल कामी पनि खस्किदै बलिङ वरियतामा ८५ औं स्थानमा पुगेका छन् ।

करण बलिङमा एकै पटक १७ स्थान खस्किएका छन् । यस अघि ८३ औं स्थानमा रहेका करण अन्तिम एक सय स्थानमा पुगेका छन् । यस अघि अन्तिम सयमा अटाएका अभिनास बोहोरा शीर्ष सयमा अटाउन सकेनन् । यस अघि ९० औं स्थानमा रहेका वसन्त रेग्मी पनि शीर्ष सयमा अटाएका छैनन् ।

नयाँ टि ट्वान्टी वरियताको ब्याटिङमा पाकिस्तानका बाबर आजम, बलिङमा अफगानिस्तानका राशिद खान र अलराउन्डरमा मोहम्मद नाबी रहेका छन् । ब्याटिङतर्फ भारतीय टोलीका कप्तान विराट कोहली १० औं स्थानबाट खस्केर १५ औं स्थानमा पुगेका छन् ।

February 25, 2025

ललितपुर र मकवानपुरको जित

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]

February 25, 2025

कैलाली प्रिमियर लिग – फाइनलमा पुर्नवास र भिमदत्त भिड्ने

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]

February 25, 2025

दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल रद्द

एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।

Success

Thank you for your time.