default_image

5 years ago

November 11, 2019

भारतीय सी टोलीलाई नेपालको सामान्य लक्ष्य

108 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – यू१९ च्यालेन्जर सिरिजमा नेपाली यू१९ टोलीले भारतको यू१९ सी टोलीलाई १ सय १५ रनको सामान्य लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ थालेको नेपाल ३२.१ ओभरमा अल आउट हुँदै १ सय १४ रनमा समेटियो । नेपालको लागि सिनियर टोलीबाट खेलि सकेका कुशल मल्लले सर्वाधिक २६ रनको योगदान दिए । दोस्रो ओभरको पाँचौ बलमा कप्तान रित गौतमलाई विद्याधर पटेलले ५ रनमा बोल्ड आउट गरेका थिए ।

छैटौं ओभरको चौथो बलमा पटेललेनै खडक बहादुर बोहोरालाई १० रनमा क्याच आउट गराए । खडकले १४ बलमा २ चौका प्रहार गरे । सातौ ओभरको दोस्रो बलमा लोकेश १० रनमा क्याच आउट हुन पुगे । चौथो विकेटका लागि कुशल मल्ल र अरुण ऐरीले ३८ रनको साझेदारी गर्दै इनिङ उकास्न खोजेका थिए ।

तर १६ ओभरको तेस्रो बलमा ऐरी मुजतबा यूसूफे १३ रनमा कुमार कशाग्रबाट क्याच आउट हुन पुगे । ऐरीले ३१ बलमा १ चौका प्रहार गरे । १७ ओभरको पहिलो बलमा कुशल मल्ल स्टम्पिङ आउटको शिकार हुन पुगे । कुशलले २९ बलमा ४ चौका प्रहार गरे । त्यस्तै विकेटकीपर हरि बहादुर चौहान ७ रनमा क्याच आउट भए । शेर मल्लले २६ बलमा १ चौका सहित १४ र प्रतिस जिसीले २९ बलमा २ चौका सहित ११ रन जोडे । आकश चन्द र सागर ढकालले समान ४ रन जोडे ।

भारतका लागि विद्याधर पटेल, मुजतबा यूसूफ,चिन्तला रक्शनन रेड्डी, शुभांग सामर्थ हेगडेले र रवि रोशन राम सिंहले समान २ विकेट लिए ।

February 25, 2025

ललितपुर र मकवानपुरको जित

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]

February 25, 2025

कैलाली प्रिमियर लिग – फाइनलमा पुर्नवास र भिमदत्त भिड्ने

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]

February 25, 2025

दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल रद्द

एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।

Success

Thank you for your time.