default_image

5 years ago

November 11, 2019

नेपालले पहिला ब्याटिङ गर्ने

105 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले यू१९ च्यालेन्जर सिरिज अन्तर्गत पहिलो खेलमा भारतीय सी टोलीविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

भर्खर सम्पन्न टसमा जितेर नेपालका कप्तान रित गौतमले पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । खेल ५० ओभरको हुने छ । नेपाली टोली यू१९ च्यालेन्जर सिरिज खेल्न शनिवार हैदराबाद लागेको थियो । नेपाली टोलीको कप्तान रित गौतमले गर्ने छन् । सिनियर टोलीबाट खेलि सकेका कुशल मल्ल नेपालका प्रमुख हतियारका रुपमा रहने छन् । त्यस्तै अनुभवी स्पिनर सागर ढकाल पनि नेपालका प्रमुख खेलाडी हुन् ।

नेपालको शीर्षक्रम ब्याटिङमा खडक बहादुर बोहोरा, हरि बहादुर चौहान र अरुण ऐरी रहने छन् । तल्लोक्रममा शेर मल्ल र कुशल मल्ल रहने छन् । स्पिनरको रुपमा सागर ढकाल र तिलकराज भण्डारी रहने छन् । तीब्र गतिका बलरको रुपमा आकश चन्द र प्रतिश जि.सी छन्  ।

नेपालको प्लेइङ ११ :

रित गौतम(कप्तान), लोकेश बम, खडक बहादुर बोहोरा, हरि बहादुर चौहान, अरुण ऐरी, कुशल मल्ल, प्रतिस जिसी, शेर मल्ल, आकश चन्द, सागर ढकाल र तिलक राज भण्डारी ।

February 25, 2025

ललितपुर र मकवानपुरको जित

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]

February 25, 2025

कैलाली प्रिमियर लिग – फाइनलमा पुर्नवास र भिमदत्त भिड्ने

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]

February 25, 2025

दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल रद्द

एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।

Success

Thank you for your time.