5 years ago
November 11, 2019
एजेन्सी – युवा तीब्र गतिका बलर दीपक चाहरले आफ्नो करिअरकै सर्वोउत्कृष्ट प्रर्दशन गर्दै ह्याट्रिकसहित ६ विकेट लिएपछि बंगलादेशसँगको तीन टि ट्वान्टी सिरिज घरेलु टोली भारतले २–१ ले जितेको छ ।
आइतबार राती तेस्रो तथा अन्तिम टि ट्वान्टी खेलमा बंगलादेशलाई ३० रनले हराउँदै भारतले सिरिज जितेको हो । जितका लागि १ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेश १९.४ ओभरमा अल आउट हुदै १ सय ४४ रनमा समेटियो । दीपकले १८ औं ओभरको अन्तिम बलमा शफीउल इस्लाम, २० ओभरको पहिलो बलमा मुस्ताफिजुर रहमान र दोस्रो बलमा अमीनुल इस्लामलाई आउट गर्दै ह्याट्रिक पुरा गरेका हुन् ।
बंगलादेशका लागि युवा खेलाडी मोहम्मद नइमले सर्वाधिक ८१ रनको योगदान दिएपनि टोलीको हार टार्न सकेनन् । १६ ओभरको तेस्रो बलमा शिवम दुबेले बोल्ड आउट गर्नुअघि नइमले ४८ बलमा १० चौका र २ छक्का प्रहार गरे । दीपक चाहरले तेस्रो ओभरको चौथो बलमा लिटन दासलाई ९ र पाँचौ बलमा सौम्य सरकारलाई शून्यमा आउट गर्दै बंगलादेशलाई दबाबमा राखेका थिए ।
तेस्रो विकेटका लागि मोहम्मद मिथुन र मोहम्मद नइमले ९८ रनको महत्वपूर्ण साझेदारी गरेपनि बंगलादेशको हार टर्न सकेन । १३ ओभरको अन्तिम बलमा दीपक चाहरले कप्तान रोहित शर्माबाट मिथुनलाई लङअफमा क्याच आउट गराउँदै साझेदारी तोडेका थिए । मिथुनले २९ बलमा २ चौका र १ छक्का प्रहार गरे । कप्तान महमुमुल्लाह ८ र अफिफ हुसेन डक आउट भए ।
दीपक चाहरले ३.२ ओभरमा ७ रन खर्चेर ६ विकेट लिए । शिवम दुबेले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । युजभेन्द्र चहलको नाममा १ विकेट रह्यो ।
त्यसअघि नागपुरमा टस हारेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको थियो । भारतका लागि युवा ब्याट्सम्यान श्रेयस ऐरले ६२ रनको योगदान दिए । १७ ओभरको पाँचौ बलमा सौम्य सरकारले लिटन दासबाट क्याच आउट हुनुअघि ऐरले ३३ बलमा ३ चौका र ५ छक्का प्रहार गरे । ऐरको यो टि ट्वान्टी आई अरिअरको पहिलो अर्धशतक हो ।
त्यस्तै लोकेश राहुलले ३५ बलमा ७ चौका सहित ५२ रनको योगदान दिए । कप्तान रोहित शर्माले २ रन मात्र जोड्न सके । शिखर धवन पनि १६ बलमा १९ रन जोड्दै क्याच आउट भए । ऋषभ पन्त ६ रनमा बोल्ड भए । मनिष पान्डेले नटआउट २२ र शिवम दुबेले ९ रन जोडे । मनिषले १३ बलको सामना गर्दै ३ चौका प्रहार गरेका थिए ।
बंगलादेशका शफीउल इस्लाम र सौम्य सरकारले समान २ विकेट लिए । अल अमीन हुसैनले १ विकेट लिए । पहिलो खेलमा बंगलादेशले भारतलाई ७ विकेटले हराएको थियो । दोस्रो खेलमा भने बंगलादेश भारतसँग ८ विकेटले पराजित हुन पुगेको थियो ।
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]
February 25, 2025
एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।